Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0
कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता
70
SHARES
ShareTweet

बुटवल, १३ साउन । सांसदहरुको कार्यकाल सकिनै लागेका बेला लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् ।
लुम्बिनी प्रदेशसभाका चारवटा विषयगत समिति सभापति नहुँदा डेढ वर्षदेखि कामबिहीन थिए । विषयगत समिति गठन नहुंदा संसदको काम कारवाहीमै प्रत्यक्ष असर परेको थियो । ढिलो गरी पूर्णता पाएका चारवटा विषयगत समिति मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाएको छ ।
सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला पूर्णता पाएका विषयगत समितिहरुमा सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी, अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी, कृषि, वन तथा वातावरण समितिको सभापतिमा एमालेकी जाल्पा भुसाल र सामाजिक विकास समिति सभापतिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभामा समितिका सभापतिका लागि एकल उम्मेदवारी परेपछि सभापतिहरु निर्विरोध भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी गराए ।
यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिको सभापति रहेका दधिराम न्यौपाने र कृषि, वन तथा वातावरण समितिको सभापति रहेका विजयबहादुर यादवको सांसद पद गुमेपछि सभापति पद रिक्त थिए । यस्तै सामाजिक विकास समितिको सभापति रहेका दीर्घनारायण पाण्डेले सांसदबाट राजीनामा दिएपछि सो पद रिक्त थियो भने लेखा समितिका सभापति रहेका डिल्ली चौधरी मन्त्री बनेपछि सभापति पद रिक्त रहेको थियो ।
सार्वजनिक लेखा समितिमा सांसदहरु भोजप्रसाद श्रेष्ठ, विमला पन्थी, धमकली चौधरी, रामजी घिमिरे, रेवतिरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गिता थापा सदस्य रहेका छन् ।
अर्थ, उद्योग तथा पर्यटन समितिमा सांसदहरु थानकुमारी थापा चापागाई, भगवती देवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुल्सी चौधरी, लिला गिरी, युवराज खनाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्ती मगर र निर्मला मुडवरी भट्टराई रहेका छन् । यस्तै कृषि वन तथा बातावरण समितिमा सांसदहरु आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल, अष्टभुजा पाठक, रुन्धावती शर्मा, दिपेन्द्रकुमार पुन मगर र लौटी थारु सदस्य रहेका छन् ।
सामाजिक विकास समितिमा कमलादेवी बिक, चिन्तावती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कनौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली र दिपा बिक सदस्य रहेका छन् । लुम्बिनीमा यी सहित प्रदेश मामिला तथा कानून समिति, भौतिक पूर्वाधार विकास समिति र विशेषाधिकार समिति गरी सातवटा विषयगत समिति रहेका छन् ।

≪ Previous Post

घाँस काट्न जंगल गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

Next Post ≫

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क