Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ घाँस काट्न जंगल गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घाँस काट्न जंगल गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७९ · 0
घाँस काट्न जंगल गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ
100
SHARES
ShareTweet

सालझण्डी, १२ साउन । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले पक्राउ गरेको छ । यही साउन १० गते मंगलबार बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न स्थानीय एक युवती जङगल गएकोमा उनकी दिदी केहि समयमै जरुरी कामले फर्किएपछि युवतीलाई जंगलमा एक्लै देखि जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई ईलाका प्रहरी कार्यालय सालझण्डको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडोको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतीलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जंगलैजंगलको बाटो हुँदै युवती भागेर जंगलबाट निस्किएकी थिईन् ।
जवरजस्ती करणी उद्योग घटनाकी पिडित युवती १९ बर्षिया रहेको प्रहरीले जनाएको छ । बिवाहित समेत रहेकी युवतिलाई निलमणी दमाईद्वारा साउन १० गते दिउँसो करिब १२ः३० बजेको समयमा जवरजस्ती करणीको प्रयास(उद्योग) भएकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आईपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि उनले तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गरेकी थिईन् ।
खवर पाउनासाथ तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्न बर्ष ४८ को निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

≪ Previous Post

बुटवलको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी

Next Post ≫

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क