बुटवल, १२ साउन । बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्थीसहित ३४ जना उपसचिवको सरुवा गर्दा उनी बुटवल उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी पाएका हुन् ।
बुटवल–४, लक्ष्मीनगर निवासी पन्थी राजपत्रांकित प्रथम श्रेणीका नेपाल सरकारका उपसचिव हुन् । पन्थी यसअघि कपिलवस्तुको बाणगंगा नगरपालिका र त्यसअघि रुपन्देहीको सैनामैना नगरपालिकामा कार्यरत थिए ।
पन्थीसंग देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेको अनुभव छ । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा प्रशंसा कमाएर पन्थीले आफ्नो बेग्लै छवि बनाएका छन् ।