Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ एक हजार चोरीको झोंकमा कञ्चनमा श्रीमतीको हत्या : श्रीमान पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एक हजार चोरीको झोंकमा कञ्चनमा श्रीमतीको हत्या : श्रीमान पक्राउ

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७९ · 0
एक हजार चोरीको झोंकमा कञ्चनमा श्रीमतीको हत्या : श्रीमान पक्राउ
100
SHARES
ShareTweet

सालझण्डी, १२ साउन । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले एक हजार चोरीको आरोपमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ ।
श्रीमतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ डेलरमा बसोबास गर्ने बर्ष ३३ को यम बहादुर थापालाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार साउन ११ गते बुधबार बिहान करिब साढे नौ बजेको समयमा जिल्लाको कञ्चन गाउँपालिका–१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी टोली घटनास्थल तर्फ खटियो । प्रहरी निरीक्षक सहित खटिएको टोलीले घटनास्थलमा गई हेर्दा मृतकलाई टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्राहरु, कोठामा रगत बगेको र छिटाहरु देखिएको तथा शरिरका विभिन्न भागमा निलडामहरु देखिएको मृत शरिर फेला परेको थियो ।
प्रहरीले घटना स्थलको प्रकृति मुचुल्का गरी आवश्यक प्रकृया पश्चात शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । घटना शंकास्पद देखिएकोले मृतकको श्रीमान बर्ष ३३ को यम बहादुर थापालाई आवश्यक अनुसन्धानको लागि तत्कालै निजकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा मादक पदार्थ सेवन गरी आई सुतेकोमा उनकी श्रीमति सावित्री थापाले घटनाको अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु.१,००० (रु.एक हजार) लिई रक्सी किनेर खाई रातको समयमा आई श्रीमती सावित्री थापा सोहि कोठाको भुँईमा, श्रीमान यम बहादुर थापा र छोरा खाटमा सुतेका थिए ।
रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई नसोधी पैसा किन लिई गएको भनि कुटपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई आफै सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिई श्रीमतीको हत्या गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्न यम बहादुर थापा क्षेत्रीलाई पक्राउ गरी ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

≪ Previous Post

बुटवल उपमहानगरले घटायो सम्पत्ति र घरबहालमा १० प्रतिशत कर

Next Post ≫

बुटवलको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क