Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १३ लाख २० हजार जरिवाना फैसला भई फरार रहेका बुटवलका शाही पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१३ लाख २० हजार जरिवाना फैसला भई फरार रहेका बुटवलका शाही पक्राउ

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७९ · 0
१३ लाख २० हजार जरिवाना फैसला भई फरार रहेका बुटवलका शाही पक्राउ
120
SHARES
ShareTweet

सािलझण्डी, ११ साउन । ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले १३ लाख जरिवाना फैसला भई फरार रहेका प्रतिबादीलाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको मिति २०७७÷०२÷२६ गतेको फैसला अनुसार (मुद्दा नं ०७६–सिवि–१४१६) बैंकिङ कसूर मुद्धामा चार दिन कैद र रु १३ लाख २० हजार जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका प्रतिवादी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. १६ बस्ने बर्ष ३४ को कृष्ण बाहादुर शाहीलाई सालझण्डी प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिकाबाट पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीवाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले शाहीलाई खोजतलास गर्दै जाने क्रममा यही साउन ८ गते सैनामैना नगरपालिका दुधराक्षबाट शाहीलाई पक्राउ गरेको हो ।
निज कृष्ण बहादुर शाहिले मिति २०७५ चैत्र ०५ गते ल्ऋऋ वैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले २०७७ जेठ २६ गते शाही विरुद्ध चार दिन कैद र रु १३ लाख २० हजार जरिवाना र जरिवाना बमोजिमको बिगो भराउने फैसला गरेको थियो ।
सालझण्डी प्रहरीले शाहीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरेको जनाएको छ ।

 

≪ Previous Post

काठमाडौं जांदै गरेको बस दाउन्नेमा पल्टिएर आगलागी हुँदा ३३ यात्रु घाइते

Next Post ≫

एमाले यातायात विभागले यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क