सािलझण्डी, ११ साउन । ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले १३ लाख जरिवाना फैसला भई फरार रहेका प्रतिबादीलाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको मिति २०७७÷०२÷२६ गतेको फैसला अनुसार (मुद्दा नं ०७६–सिवि–१४१६) बैंकिङ कसूर मुद्धामा चार दिन कैद र रु १३ लाख २० हजार जरिवाना र जरिवाना बमोजिमको बिगो फैसला भई फरार रहेका प्रतिवादी जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. १६ बस्ने बर्ष ३४ को कृष्ण बाहादुर शाहीलाई सालझण्डी प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिकाबाट पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीवाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले शाहीलाई खोजतलास गर्दै जाने क्रममा यही साउन ८ गते सैनामैना नगरपालिका दुधराक्षबाट शाहीलाई पक्राउ गरेको हो ।
निज कृष्ण बहादुर शाहिले मिति २०७५ चैत्र ०५ गते ल्ऋऋ वैंक लिमिटेड काठमाडौंमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी पीडितलाई रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले २०७७ जेठ २६ गते शाही विरुद्ध चार दिन कैद र रु १३ लाख २० हजार जरिवाना र जरिवाना बमोजिमको बिगो भराउने फैसला गरेको थियो ।
सालझण्डी प्रहरीले शाहीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरेको जनाएको छ ।