Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ओभरलोड नियन्त्रण नभए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ओभरलोड नियन्त्रण नभए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७९ · 0
ओभरलोड नियन्त्रण नभए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी
70
SHARES
ShareTweet

भैरहवा, ९ साउन । भारतीय मालवाहक गाडीले ओभरलोड बोकेर सडक संरचना भत्काउनुका साथै नेपाली ढुवानी व्यवसायीलाई समस्या सिर्जना गरेको ट्रक व्यवसायीहरुले बताएका छन् । सोमबार भैरहवामा लुम्बिनी ट्रक व्यवसायी संंघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन मार्फत ओभरलोड नियन्त्रण गर्नेतर्फ सरोकारवाला निकायले पहल नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
भारतीय गाडी ओभरलोड बोकेर हिँड्दा सडक जिर्ण बन्दै जानुका साथै नेपाली गाडी काम नपाएर बस्नु पर्ने भएकोले आन्दोलनमा जानुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघ रुपन्देहीका महासचिव रुमाखर गौतमले बताए ।
लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले संयुक्त रुपमा जग्गा लिएर गाडी पार्किङको व्यवस्था बेलहियमा गरेकोले भारतीय ओभरलोड बोकेका गाडी पल्टी गरेर जानुपर्ने पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की बताउँछन् । उनी भन्छन्–‘ट्राफिक प्रहरीले जरिवाना काटेर ट्रक व्यवसायीलाई धम्क्याएर भारतीय गाडी छोड्ने गरेको छ ।’
नेपालमा व्यापारिक राजमार्गको क्षमता १० टन सम्मको क्षमता रहेको छ । तर भारतबाट आउने गाडी ४० टन सम्म बोकेर नेपाल प्रवेश गर्छन् । ट्राफिकले ५ सय जरिवाना गरेर गाडी छोड्ने गरेको ब्यवसायीको आरोप छ ।

≪ Previous Post

पाल्पाको रिब्दीकोटमा बस दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान खुल्यो

Next Post ≫

युवतीलाई ब्ल्याकमेल गरी जवर्जस्ती करणी उद्योग गर्ने दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क