बुटवल, ९ साउन । ईलाका प्रहरी कार्यालय सालझण्डी,रुपन्देहीले निजि तस्विर सार्वजनिक गरिदिने भनेर ब्ल्याकमेल गरी जवर्जस्ती करणी उद्योग गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २१ को जगन्नाथ मल्लाह र वर्ष १७ को परिवर्तित नाम गैडहवा १ लाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट रेडमी कम्पनिको मोबाईल थान १ र थ्रील लेखेको कन्डमको ४ ओटा बट्टा भित्र १२ थान कन्डम समेत बरामद गरेको छ ।
घटना विवरण अनुसार यही साउन ७ गते रातको १०ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीसहितको प्रहरी गस्ति टोलीेले सैनामैना नगरपालिकाको एक एकान्त ठाउँमा १९ वर्षिया एक युवती हकान्निएर रुँदै गरेको अवस्थामा फेला पार्दछ । रातको साढे दश बजिसकेको समयमा एकान्त ठाउँमा यसरी युवती रुनुलाई प्रहरीले अलि गम्भिर रुपमा लिएर सोधपुछ गर्दछ ।
प्रहरीले सोधपुछ गर्ने क्रममा ती युवतीले आफू व्ल्याकमेलिङमा परेको कुरा प्रहरीलाई बताउँछिन् । एक डेढ बर्ष पहिला आफ्नो मोबाईलमा खिचेका निजि तस्विरहरु किङ्ग नामको फेसबुक आईडि चलाउने अपरिचित व्यक्तिले फेला पार्दछन् । ती अपरिचित व्यक्तिले उक्त फोटोहरु युवतिको बहिनी नाता पर्नेलाई केहि दिन अघिदेखि नै पठाएर तेरो दिदीको बेईज्जत गरिदिन्छु फोटो भाईरल गराईदिन्छु छ यदि ईज्जत बचाउने हो भने मैले भनेजस्तो गर्न भनिदे भन्छन् ।
त्यसपछि युवति आफ्नो ईज्जत जाने डरले ती अपरिचित व्यक्तिलाई आफ्नो मोबाइल नम्बर दिएकोमा ती व्यक्तिले पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाईरल गराईदिन्छु भनि डर देखाई धम्कि दिएपछि युवती साउन ७ गते साँझ भेट्न जान बाध्य हुन्छिन् ।
यसबिचमा हाल प्रहरीले पक्राउ गरेका दुवैजनाले सैनामैना कलौनीमा रहेको मेडिकलबाट करिब साढे ६ बजेतिर नै ३ प्याकेट (१२ पिस) कण्डम किनेर युवतीको प्रतिक्षामा सैनामैना नगरपालिकाको कलौनी भन्ने ठाउँमा बस्छन् ।
साँझको पौने आठ बजेको आसपासमा बारम्बार ब्याकमेल गर्ने अपरिचित अनुहारका दुईवटा मानिसहरु भेटिन्छन् । उनीहरुलाई भेटेपछि फोटो डिलिट गरिदिन युवतीले बारम्बार अनुरोध गर्छिन तर उनीहरुले यहाँभन्दा केहि तल आमी भन्ने ठाउँमा एउटा खालि घर छ त्यहिँ जाउँ अनि त्यहिँ बसेर तिम्रा फोटोहरु डिलिट गरिदिउँला भनि करिब रातको नौ बज्नै लागेको समयमा अटोमा चढाई डेढ दुई किलो मिटर तल लिएर कञ्चन गाउँपालिकाको हात्तिबजार भन्ने ठाउँमा लैजान्छन् ।
त्यहाँ पुग्ने बित्तिकै हाल पक्राउ परेका युवकहरुले हामीलाई यौन सम्पर्क गर्न नदिएसम्म हामीले तिम्रा फोटोहरु डिलिट गर्दिदैनौँ आफ्नो ईज्जत बचाउने भए हामिसँग यौन सम्पर्क गर्नुपर्छ भनि बाध्य पारेपछि ती युवती डाँको छोडेर रुन थाल्छिन् । यत्तिकैमा उनीहरुले निज युवतीलाई करणीको प्रयास समेत गर्दछन् । तुरुन्तै युवती बलजफ्ति रुँदै होहल्ला गर्दै भागेर नजिकैको कलौनि–लुम्बिनी मुलबाटोमा निस्किन्छिन् ।
युवति भागेर घर जान लाग्दा पुनः उनै व्यक्तिले फोन गरी आउनेभए आईज नत्र भोली बिहान फेसबुक हेर्नु भनि तर्साएपछि जिउनु न मर्नुको अवस्थामा पुगेकि युवती एकान्त ठाउँमा आई रुँदै बसिरहेकि हुन्छिन् । यतिबेला घडीले रातको पौने एघार बजाईसकेको हुन्छ ।
यत्तिकैमा अलमलमा परेकी ती युवतीको गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलिसँग भेट हुन्छ । प्रहरीलाई भेटेपछि उनले प्रहरी निरीक्षक जगन्नाथ मरासिनीलाई आफू ब्ल्याकमेलिङमा परेकोले आफूलाई बचाउन अनुरोध गरिन् ।
युवतीको कुरा सुनेपछि प्रहरी युवतीलाई बलात्कार उद्योग गर्ने युवाहरुको खोजिमा लाग्दछ । यति बेलासम्म रातको करिब ११ बजिसकेको हुन्छ । त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा भागिरहेका गैडहवा गाउँपालिकाका बर्ष १७ का गैडहवा १ (परिवर्तित नाम) र गैँडहवा गाउँपालिका वडा नं ९ वस्ने बर्ष २० को जगन्नाथ मल्लाहलाई रातको १ बजे सैनामैना नगरपालिका वडा नं ७ देउवापार भन्ने ठाउंबाट उनीहरुलाई प्रहरीले पक्राउ गर्दछ ।
पक्राउ परेका उनीहरुको साथबाट ब्ल्याकमेलिङमा प्रयोग भएको रेडमी स्मार्टफोन र थ्रील कम्पनिको १३ थान कण्डम बरामद भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवैजनालाई जवर्जस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भई थप अनुसन्धान भैरहेको छ ।