Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पाको रिब्दीकोटमा बस दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान खुल्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको रिब्दीकोटमा बस दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान खुल्यो

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७९ · 0
पाल्पाको रिब्दीकोटमा बस दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान खुल्यो
100
SHARES
ShareTweet

पाल्पा, ९ साउन । पाल्पाको रिब्दीकोटमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ ।
बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपरान्ह साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।
बस दुर्घटनामा परी मृत्यु हुने सबै शबको पहिचान भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा रुपन्देही देवदह नगरपालिका वडा नं. ७ की ८७ वर्षिया डिलसरी कामी, कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ का ४५ वर्षीय यज्ञ बहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ५ की २४ वर्षीया पूर्णिमा कामी, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. – ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ का ४० वर्षीय लालबहादुर राना कुमाल र बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं. १० की ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र थापाले जानकारी दिए ।
सूचना अधिकारी समेत रहेका डीएसपी थापाका अनुसार दुर्घटनामा परी घाइते भई तानसेनको मिसन अस्पतालमा उपचारत १६ जनामध्ये ८ जना डिस्चार्ज भएका छन् भने अब ८ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये अस्पतालमा उपचारत म्याग्दी रुमा गाउँपालिका वडा नं. ४ की ३९ वर्षीया सुमित्रा रोका र रुपन्देही देवदह नगरपालिका वडा नं. ७ का खड्कबहादुर विकको अवस्था गम्भीर रहेको छ । बस सडकबाट ८० मिटर तल खसेको थियो ।

≪ Previous Post

रुपन्देहीको कञ्चनमा ४२ क्यूफिट अवैध सालको (गोलिया) काठ बरामद

Next Post ≫

ओभरलोड नियन्त्रण नभए आन्दोलन गर्ने ब्यवसायीको चेतावनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क