Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल प्रेस युनियनमा शिव लम्साल नेतृत्वको प्यानल विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल प्रेस युनियनमा शिव लम्साल नेतृत्वको प्यानल विजयी

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७९ · 0
नेपाल प्रेस युनियनमा शिव लम्साल नेतृत्वको प्यानल विजयी
80
SHARES
ShareTweet

हेटौडा, ८ साउन । नेपाली कांग्रेसको शुभेक्षुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
मकवानपुरको हेटौडामा सम्पन्न युनियनको नवौं महाधिबेशनबाट लम्साल ७४५ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार अनिता विन्दुले ६१२ मत र अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत प्राप्त गरेका छन् ।
बरिष्ठ उपाध्यक्षमा लम्साल पक्षका प्रेम केसी विजयी हुँदा विन्दु पक्षका सरोज अधिकारी पराजित भएका छन् । वरिष्ठ उपाध्यक्षमा केसीले ६८५ मत प्राप्त गर्दा प्रतिस्पर्धी अधिकारीले ६६५ मत पाए । खुल्ला दुई उपाध्यक्ष मध्ये एक जना लम्साल प्यानलका नकुल अर्याल र अर्का एक जना अनिता प्यानलका भिष्मराज ओझा विजयी भएका छन् ।
त्यसैगरी महिला उपाध्यक्षमा विजयी शलोजा दाहाल र समावेशी उपाध्यक्षमा विजयी दिपेन्द्र वान्तवा पनि लम्साल प्यानलकै हुन् । कोषाध्यक्षमा भने थोरै मतान्तरले अनिता समूहका माधव धिताल विजयी भएका छन् ।
यस्तै प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, वागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी तथा समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् ।
यस्तै खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस÷आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा र छापा सचिवमा राधा खनाल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा जीनव शर्मा, दिपक भण्डारी, नारायण सापकोटा, नेत्र तामाङ, पेशल आचार्य, बसन्त योगी, भीमकुमार बांस्कोटा, मित्र भण्डारी, मुक्तिबाबु रेग्मी, राजन दाहाल, विजय पोखरेल, शुशिल कोईराला र सिताराम गुरागाई निर्वाचित भएका छन् । युनियनका कुल महाधिवेशन प्रतिनिधि मध्ये १३ सय ९२ मत खसेको थियो भने ६ मत बदर भएको थियो ।

≪ Previous Post

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

Next Post ≫

रुपन्देहीको कञ्चनमा ४२ क्यूफिट अवैध सालको (गोलिया) काठ बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क