पाल्पा, ८ साउन । पाल्पाको लघुवामा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार बस सडकबाट ८० मिटर तल खसेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका मजुवाबाट पाल्पाको तानेसन तर्फ आईरहेको यात्रुबाहक बस दुर्घटनामा परी ६ जनाको घटना स्थलमै मृत्यु भएको रिब्दीकोट गाउँ पालिका वडा न २ का वडा अध्यक्ष ओम प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएको छ ।