Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0
नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली
90
SHARES
ShareTweet

बुटवल । प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धि विधेयक पारित भएको खुशियालीमा रुपन्देहीको बुटवल र तिलोत्तमामा नेपाली काँग्रेसले दीपावली गरेको छ ।
विधेयक पारित भएकै राति नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुटवलको ट्राफिक चोकमा दिपावली गरी खुशियाली मनाएको हो ।
नेपाली नागरिक भएर पनि नागरिकताबाट बन्चित भएका नागरिकहरूले अब नागरिकता पाउने भएको खुशियालीमा नेपाली काँग्रेसले दिपावली गरेको हो । गठबन्धनको सरकारले संविधानसभाको कार्यान्वयन गर्दै नागरिकता विधेयक प्रतिनिधिसभाबाट पास गरेर सहि निर्णय गरेको नेपाली काँग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले बताउनुभयो । विधेयक पास भएको खुशीयालीमा रूपन्देही भरी विभिन्न कार्यक्रमको आयोजना गर्ने सभापति खाँणले बताउनु भयो ।
नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति तथा उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले अब नेपाली नागरिकले नागरिकता विहिन भएर समस्या झेल्नु नपर्ने बताउनुभयो । आमाको नाउबाट पनि नागरिकता प्राप्त गर्न सकिने भएकाले अब नेपाली नागरिक भएर पनि नागरिकता विहिन हुनु नपर्ने उहांको भनाई छ ।
नागरिकता सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुशियालीमा दिपावली गरेको काँग्रेस बुटवल नगर सचिव छायाँ पोखरेलले जानकारी दिनुभयो ।
यस्तै नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले पनि रुपन्देहीको मणिग्राम चोकमा दीपावली गरेको छ । विधेयक पास भएपछि अव कुनै पनि नागरिकले नागरिकताको समस्या झेल्नु नपर्ने नगर सभापति हरिलाल पाण्डेले बताउनु भयो ।

 

≪ Previous Post

विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित

Next Post ≫

नेपाल प्रेस युनियनको नवौं महाधिबेशन : मतगणना जारी अध्यक्षमा लम्सालको अग्रता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क