Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0
विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित
80
SHARES
ShareTweet

बुटवल, ३ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट दलहरुबिचको सहमतिपछि बहुमतले पारित भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः मंगलबारको १२ औं अधिबेशन (पांचौ बैठक)बाट बजेट पारित भएको हो ।
असार अन्तिम साताबाट आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित नहुंदा नगरपालिकाको खर्च समेत रोकिएको थियो ।
नगर कार्यपालिकामा बहुमतमा रहेको नेकपा एमालेले नगर सभाको बैठकमा न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति गठनको कार्यसूचि समावेश नगरिएको भन्दै विवाद गरेपछि बजेट पारित हुन सकेको थिएन ।
चारवटा विषयगत समितिको विषयलाई लिएर नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बैठकमा अवरोध गर्दै आएका थिए । आर्थिक वर्ष २०७९(८० का लागि प्रस्तावित बजेट पारित गर्न सोमबार बोलाइएको १२ औँ अधिवेशनको पाँचौँ नगरसभा बैठक पनि एमालेको अवरोधका कारण सूचना टाँसेर स्थगित गरिएको थियो ।
नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको अवरोधका कारण तीनवटा नगरसभा बैठक स्थगित गर्नु परेको थियो ।
मंगलबार भागबण्डा मिलाउन दुवै पक्ष सकारात्मक भएपछि बजेट पारित भएको नगर प्रमुख रामकृष्ण खांणले जानकारी गराउनु भयो । विषयगत समितिहरुमा नेपाली काँग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भागबण्डा मिलेपछि बजेट पारित गरिएको छ ।
नगरसभाले आर्थिक वर्ष २०७९–८० का लागि उपप्रमुख जगेश्वरीदेवी चौधरीद्वारा प्रस्तुत १ अर्ब ९८ करोड रुपैयाँको बजेट र आर्थिक विधेयक एवं विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ । नगरसभाले सहकारी ऐन २०७४ (दोस्रो संशोधन) पनि पारित गरेको छ ।
नगरसभा बैठकले बजेट पारितसँगै विभिन्न चार वटा समितिका संयोजक र सदस्य समेत चयन गरेको छ । बैठकले उपप्रमुख जागेश्वरीदेवी चौधरीको संयोजकत्वमा लक्ष्मी विश्वकर्मा गजमेर र सन्तबहादुर बस्नेत सदस्य रहने गरी न्यायिक समिति गठन गरेको छ ।
यस्तै, एमालेबाट निर्वाचित फर्सुराम गिरीको संयोजकत्वमा उपेन्द्र बस्याल (एमाले) र पूर्णप्रसाद आचार्य (माओवादी केन्द्र)का सदस्य रहेको लेखा समिति गठन गरिएको छ । काँग्रेसबाट निर्वाचित वडा नं १३ का अध्यक्ष नारायणप्रसाद ढकालको संयोजकत्वमा कल्पना थापा रोका (काँग्रेस) र बालकृष्ण लम्साल (एमाले) सदस्य रहेको विधायन समिति गठन भएको नगर प्रमुख खांणले बताउनुभयो ।

≪ Previous Post

उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार

Next Post ≫

नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क