Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0
उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार
60
SHARES
ShareTweet

बुटवल, २ साउन । बुटवलमा दोस्रो संस्करणमा सञ्चालन गर्न लागिएको विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रमको बारेमा जानकारीमुलक सेमिनार गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा दोस्रो संस्करणको विजनेश इन्कुवेशन कार्यक्रमको तयारी गरिएको छ । सो कार्यक्रमका बारेमा स्थानीय तथा प्रदेश सरकारलाई जानकारी गराउने उद्देश्यले मंगलबार समुदायमा आधारित इन्कुवेशन सम्बन्धि सेमिनार गरिएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले कृषि तथा उद्योगमा सामुहिक लगानीमा जोड दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्नको लागि औद्योगिक विकास र औद्योगिक विकासको लागि वातावरण बनाउने काममा प्रदेश सरकार प्रतिवद्ध रहेको भनाई राख्नुभयो । उद्योग सञ्चालन गर्ने भन्दा पनि तयारी बस्तुको व्यापारमा जोड दिएकै कारण मुलुकको अर्थतन्त्र खस्किँदै गएको उहाँको भनाई छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्यमशिलता विकासको लागि नगरपालिकाले पनि विभिन्न प्रकारका स्वरोजगारमुलक कार्यक्रम ल्याएको जानकारी गराउँदै ती कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ र नीजि क्षेत्रसंग कसरी साझेदारी गर्न सकिन्छ सुझाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सीप, पुँजी र आईडियाको समायोजनबाट नवउद्यमी तथा स्टार्टअपहरुलाई नयाँ उर्जा प्रदान गर्नको लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराउनु भयो । उहाँले संघ, अन्तरप्रेरणा, लुम्बिनी वाणिज्य क्याम्पस र युवा उद्यमी मञ्च रुपन्देहीको सहकार्यमा पहिलो चरणमा सञ्चालन गरिएको कार्यक्रम निकै फलदायी भएको पनि जानकारी गराउनु भयो । उहाँले उद्यमशिलता विकासमा सहयोग गर्न प्रदेश तथा स्थानीय सरकारसंग आग्रह गर्नुभयो ।
त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन सचिव खिमराज सुवेदीले उद्यमशिलता विकास सम्बन्धि कार्यक्रम मन्त्रालयसंग पनि रहेको र नीजि क्षेत्रसंग साझेदारी र हातेमालो गर्न तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, युएनडिपिका प्रतिनिधि सुदिप अर्याल, बैंकर एशोसियसन लुम्बिनीका संयोजक तथा नेपाल बैंकका लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल, लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायलगायतले बोल्दै नेपालमा उद्योग सञ्चालनको राम्रो सम्भावना भएपनि त्यस किसिमको वातावरण नुहँदा युवाहरु अन्यौलमा परेको बताउनु भयो । उहाँहरुले युवाहरुलाई उद्योगसंग जोड्नको लागि विजनेश इन्कुवेशन कार्यक्रम फलदायी हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
त्यस अवसरमा पुम नेदरल्याण्डका एक्सपर्ट पिम डि बक्स र अन्तरप्रेरणाकी श्रद्धा शाक्यले विजनेश इन्कुवेशनको अवधारणा तथा यसले उद्यमशिलता विकासमा पार्ने प्रभावका बारेमा अवधारणा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

Next Post ≫

विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क