Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0
पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता
120
SHARES
ShareTweet

बुटवल, ३ साउन । रुपन्देहीको सैनामैना नगरपालिका –४ मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसले नगरमा रहेका विभिन्न सामाजिक संघ संस्था एवम् जनप्रतिनिधीसँग छलफल अघि बढाएको छ । क्याम्पसले मंगलबार सैनामैनाका निर्वाचित नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा, उपप्रमुख विना राना, वडाध्यक्ष एवम् सदस्यहरुसँग छलफल गरेको छ ।
जस अन्तर्गत क्याम्पसले सैनामैना नगरपालिकासँग आगामी वर्षमा एमओयुमा उल्लेखित विषयमा सहकार्य गर्ने गरी पालिकाका जनप्रतिनिधि र क्याम्पस सञ्चालक समितिबिच सम्झौता गरि पत्र आदानप्रदान गरिएको छ ।
सो अन्तरक्रियामा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना नगरपालिकामा रहेका सामुदायिक क्याम्पसहरु भौतिक, शैक्षिक एवम् आर्थिक रुपमा सबल बन्नका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस क्षेत्रमा स्नातक तहमा अध्यापन हुने दुई क्याम्पस रहेको बताउँदै यि क्याम्पसका लागि पालिका सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।
शर्माले आगामी दिनमा क्याम्पसमा थप संकायहरु थप्न सकिने र समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि सञ्चालक र क्याम्पस प्रशासनले चासो दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख विना रानाले आजको आवश्यकता शिक्षा नै भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले क्याम्पसको वर्तमान अवस्थाबारे जानकारी गराउँदै सम्भावना र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।
क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमले हाल क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराउनु भयो । प्रमुख गौतमले पालिकाले ३ वटा प्रोजेक्टर प्रदान गरि शिक्षालाई प्रविधिसँग जोड्ने प्रयास गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य आवश्यकता रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष तम बहादुर पूर्जा, वडा नं ८ का वडाध्यक्ष बुद्धिराम चौधरी, कार्यपालिका सदस्य सुरज बराल, वडा नं ३ का वडा सदस्य रोहिणी प्रसाद चौधरी, सञ्चालक समिति सदस्य मिन प्रसाद पौडेल, नेपाली कांग्रेसका नगर सचिव अर्जुन पौडेल, प्राध्यापक संघका अध्यक्ष जगन्नाथ गौतम लगायतले आआफ्ना भनाई राख्नुभएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा सैनामैना नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलार्ई स्वागत गर्दै सम्मान गरिएको थियो ।

≪ Previous Post

तिलोत्तमाकी उपप्रमुख चौधरीले पत्रकारहरुमाथि आरोप लगाएर मिडियावाजी गरेको प्रति प्रेस युनियनको आपत्ति, आरोप प्रमाणित गर्न चुनौति

Next Post ≫

उद्यमशिलता विकासको लागि विजनेश इन्कुवेशन सेमिनार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क