Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमाकी उपप्रमुख चौधरीले पत्रकारहरुमाथि आरोप लगाएर मिडियावाजी गरेको प्रति प्रेस युनियनको आपत्ति, आरोप प्रमाणित गर्न चुनौति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाकी उपप्रमुख चौधरीले पत्रकारहरुमाथि आरोप लगाएर मिडियावाजी गरेको प्रति प्रेस युनियनको आपत्ति, आरोप प्रमाणित गर्न चुनौति

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0
तिलोत्तमाकी उपप्रमुख चौधरीले पत्रकारहरुमाथि आरोप लगाएर मिडियावाजी गरेको प्रति प्रेस युनियनको आपत्ति, आरोप प्रमाणित गर्न चुनौति
160
SHARES
ShareTweet

बुटवल, ३ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले तिलोत्तमाको नगरसभामा समाचार संकलनका लागि गएका पत्रकारहरुमाथि गम्भिर आरोप लगाएको प्रति नेपाल प्रेस युनियन रुपन्देहीले आपत्ती जनाएको छ ।
साउन १ गतेका लागि बोलाईएको नगरसभा बैठक गणपुरक संख्या नपुगेको भन्दै स्थगित भएपछि नारावाजी सहित बिरोधमा उत्रिएकी उपप्रमुख चौधरीले आफ्नो गल्ती कमजोरी लुकाउन आफ्नो अभद्र व्यवहारबारे समाचार लेख्ने पत्रकार माथि नियोजित रुपमा चौधरीले झुठो आरोप लगाएको युनियनले जनाएको छ ।
आइतबार रुपन्देहीको मणिग्राममा नगरसभा स्थगित भएलगत्तै उपप्रमुख चौधरीकै नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नारावाजी सहित आन्दोलनमा उत्रेका थिए । सो क्रममा उपप्रमुख चौधरी अमर्यादित रुपमा प्रस्तुत हुँदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाइ तँ नै भनेर गाली गलोजमा उत्रेपछि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा धकेलाधकेलको स्थित सिर्जना भएको थियो । स्थिति तनावग्रस्त हुनथालेपछि प्रहरी समेत परिचालित गर्नुपरेको थियो ।
सोही घटनाको समाचार संकलन गर्न पुगेका नागरिक दैनिकका लुम्बिनी प्रदेश संयोजक रेखा भुसाल र राज्य टेलिभिजन बुटवलका समाचार प्रमुख यमलाल भुसाललाइ उपप्रमुख चौधरीले अभद्र व्यवहार गरेकी हुन् । राज्य टिभिका पत्रकार यमलाल भुसालले बोकेको झोलामा नगरपालिकाको माइन्युट लुकाएको भन्दै उपमेयर चौधरीले जबरजस्ती खोसेकी थिइन् ।
सोही घटनालाइ अतिरन्जित गर्दै आफ्नो कमजोरी लुकाउन उनले सोमबार पत्रकार यमलाल भुसाल र नागरिककर्मी रेखा भुसाल समेतलाइ पार्टीका पत्रकार भन्ने आक्षेप लगाउँदै मिडियावाजी गरेकी छन् । चौधरीले पत्रकारहरु प्रयोग गरी नगरपालिकाको माइन्युट लुकाउन खोजेको भन्ने गम्भिर आरोप लगाउँदै मिडियाबाजी गरेकी हुन् । उपप्रमुख जस्तो सार्वजनिक पद धारण गरेकी जिम्मेवार व्यक्तिले सत्य तथ्य समेत बुझ्ने प्रयास नगरी पत्रकारमाथि अभ्रद व्यवहार गर्ने र आफ्ना कामजोरी लुकाउन केही मिडीयाको सहारा लिएर भ्रामक समाचार प्रकाशित गरेको नेपाल प्रेस युनियन सहित पत्रकार संवद्ध संघसंस्था तथा पत्रकारहरुले आपत्ती जनाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले समाचार संंकलनमा पुगेका प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल र सल्लाहकार यमलाल भुसाललाइ हुलहुज्जतमा पारेर झुठा आरोप लगाइ कुनियतपुर्ण ढंगबाट समाचार बनाई पीतपत्रकारिता गर्ने र भ्रामक समाचार प्रकाशित गर्नेहरुलाइ पत्रकारद्वय यमलाल र रेखामाथि लगाइएको आक्षेप प्रमाणित गर्न युनियनले चुनौति दिएको छ ।
‘पत्रकारद्वय माथि आक्षेप लगाउनु पुर्व सम्बन्धित पक्षलाइ सोध्ने चेष्टा समेत नगरी एक पक्षीय ढंगबाट बिसौं बर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुको चरित्र हत्याको कुचेष्टा गर्नेहरुलाइ बेलैमा सच्चिन आग्रह गर्दछौं’ युनियनका सचिव कल्पना तिवारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । स्थानीय सरकारका जिम्मेवार पदाधिकारीहरुले पत्रकारिताको व्यवसायिक आचरणको सम्मान गर्नसमेत युनियनले विज्ञप्ती मार्फत माग गरेको छ ।

≪ Previous Post

एमालेको अवरोधका कारण तिलोत्तमाको बजेट पारित हुन सकेन

Next Post ≫

पर्रोहा बहुमुखी क्याम्पसको भौतिक र शैक्षिक विकासकालागि क्याम्पस र सैनामैना नगरपालिकाबिच सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क