Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज साउनको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

संसारपोस्ट संवाददाता · २ श्रावण २०७९ · 0
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड
80
SHARES
ShareTweet

बुटवल, २ साउन । आज साउनको पहिलो सोमबार । सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको ह ।
साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोबाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ । यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन् ।
पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्व दिन्छन् । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउने सोमबारका दिन भगवान शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।
आज पाल्पाको सिद्धबाबा, सैनामैना रुपन्देहीको बोलबम धाम, बुटवलको मुक्तिनाथ धाम, कपिलवस्तुको लक्ष्मण घाट, नवलपरासीको त्रिबेणी धाम, गुल्मीको रुरु क्षेत्र तथा रेसुंगा, देवघाट धाम, पाल्पाको राम्दी लगायत देशभरका धाम तथा शिवालय मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

≪ Previous Post

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

Next Post ≫

२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क