Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0
भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा
50
SHARES
ShareTweet

भैरहवा, १ साउन । भारतको एकमात्र ठुलो हस्पिटालिटी ओमात्राको ब्राण्ड नेपालमा प्रवेश गरेको छ । भारतको पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आइरहेको ओमात्राले नेपालमा पनि आफ्नो ब्राण्ड शुरुगरे पछि पर्यटन क्षेत्रमा गुल्जार आउने पर्यटन व्यवसायीहरु बताउँछन् ।
नेपालमा पर्यटन क्षेत्रको विकासमा ओमात्राको आगमन संगै विदेशी र स्वदेशी पर्यटकहरुलाई गुणस्तरिय सेवा सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ । ओमात्रा ब्राण्डले नेपालमा होटल तथा हस्पिटालिटी क्षेत्रमा लामो अनुभव भएका सुनिल श्रेष्ठलाई कन्ट्रीहेडको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै पर्यटन क्षेत्रमा लामो समय काम गरेका युवराज पाण्डेलाई एरिया डाइरेक्टर नियुक्ति गरेको छ । पर्यटन बजारमा काम गरेकी सालु कुवँरलाई कलस्टर सेल्स हेडको जिम्मेवारी दिएको ओमात्राका संस्थापक सैयद अब्बास ले जानकारी दिनुभयो ।
नेपाली अर्थतन्त्रको बलियो खम्बाको रुपमा रहेको पर्यटनक्षेत्रलाई चलायमान बनाउनका लागि ओमात्राको आगमनले थप इटा थपेको होटल व्यवसायीहरु बताउँछन् ।
सन् २०१५ देखि होटल तथा हस्पिटालिटी म्यानेजमेन्टको थालनी गरेको ओमात्राले भारतमा ३० वटा स्टार होटलहरु सञ्चालनमा ल्याएको छ । भारत बाहेक नेपाल र थाईल्याण्डमा समेत ओमात्राले आफ्नो ब्राण्ड पुराएको ओमात्राका नेपाल कन्ट्रीहेड सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रलाई आर्थिक चलायमान बनाउने र गुणस्तरिय सेवा प्रदान गर्ने मुख्य उद्देश्य रहेको ओमात्राले आगामी दिनमा नेपालका मुख्य पर्यटकिय क्षेत्रमा आफ्नो उपस्थिति जनाउने बताएको छ ।
पर्यटकलाई सर्वसुलभ, गुणस्तरिय र शान्त वातारण प्रदान गर्दै आएको ओमात्राको म्यानेजमेन्टले भविष्यमा विश्व बजारमा पर्यटनक्षेत्रको विकासमा महत्वपुर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

≪ Previous Post

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

Next Post ≫

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क