Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0
तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
60
SHARES
ShareTweet

तिलोत्तमा, १ साउन । तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र नेपाली कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको आरोप लगाउंदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
आइतबारको नगरसभा बैठकमा एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाइएको उपप्रमुख चौधरीको भनाईछ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आज दिनभर जसो प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध चर्को नाराबाजी गरेका थिए । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको चर्को नारावाजी विच प्रहरीले आफ्नो सुरक्षा घेरामा राखेर ज्ञवालीलाई हल बाहिर निकाल्दै गर्दा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई दूब्र्यवहार समेत गरेका थिए ।

≪ Previous Post

तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित

Next Post ≫

भारतीय होटल ओमात्राको ब्राण्ड नेपालमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क