Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0
तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित
80
SHARES
ShareTweet

 नगरसभा बैठक स्थगित गरेको विरोधमा एमालेको नाराबाजी

तिलोत्तमा, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।
आजका लागि बोलाइएको नगरसभामा ४२ जना नगरसभा सदस्यहरुको मात्र उपस्थिति भएपछि गणपुरक संख्या नपुगेका कारण नगरसभा बैठक स्थगित गरिएको हो । तिलोत्तमा नगर कार्यपालिकामा ९० जना जनप्रतिनिधि रहेका छन् ।
नगर प्रमुख रामकृष्ण खाँणले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएको जानकारी सभालाई गराएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नाराबाजीमा उत्रिएका थिए । उनीहरूले उपप्रमुख जागेश्वरी देवी चौधरीको नेतृत्वमा नाराबाजी गर्दै अभद्र व्यवहार समेत प्रदर्शन गरिरहेका थिए ।
उपमेयर जागेश्वरी चौधरीले सभाहल नजिक आफ्ना निकटका जनप्रतिनिधि जम्मा गरेर नेपाली कांग्रेस मुर्दाबाद, कांग्रेसका हाकिम मुर्दावाद, हाकिम राजिनामा दे लगायतका नारा लगाएका थिए ।
उपमेयर चौधरीले हाकिमलाई तँ नै भनेर गाली नै गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका थिए ।
बैठक स्थगित भए लगत्तै नगर प्रमुख रामकृष्ण खाँण र प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेबाट निर्वाचित नगर सदस्यहरुले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । एमालेबाट नगरमा निर्वाचित नगर सदस्यहरु अभद्र ब्यवहार प्रदर्शन गर्दै नारावाजीमा उत्रिएपछि प्रमुख खााण र प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली सुरक्षित हुनका मणिग्राम पार्टी प्यालेसको हलमा पुग्नुभएको थियो ।
सोहि हलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पुगेर हुलदंगा गर्नथाले पछि सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरी परिचालित भएका थिए ।
यसअघि असार ३१ गते नगरसभाको बजेट पास गर्न बसेको बैठकमा उपमेयर चौधरीका कारण बैठक बस्न दुई घण्टा ढिलाई भएको र सभामा सबै नगर सदस्य उपस्थित भएपनि हाजिरी पुस्तिकामा एमालेका जनप्रतिनिधिहरुले हाजिरी नगरेका कारण गणपुरक संख्या नपुगेकाले बैठक स्थगित भएको थियो ।
बजेटसभामा एकमात्र एजेन्डा बजेट पास गर्ने भएपनि एमालेले न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने भन्दै यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने दवाव दिदै आएका कारण नगरसभामा बिबाद चुलिएको हो ।
तिलोत्तमाको कार्यपालिकाले गठन गर्ने विभिन्न उपसमितिमा एमालेले बहुमतको दम्भ देखाउदै एकलौटि गर्न खोजेपछि शुरू देखिनै बिबाद उत्पादन भएको हो । तर नगरप्रमुख खाँणले भने नगरवासीको जनादेश मिलेर जाउ भन्ने रहेकाले जनादेश अनुसार समितिहरू सहमतिका आधारमा समाबेशी र सबैलाई समेटेर बनाउनुपर्नेमा जोड दिदै आउनुभएको छ । तर उपप्रमुख चौधरीलगायत एमालेका जनप्रतिनिधीहरुले सबै समितिमा आफ्नो मात्र प्रतिनिधित्व हुनुपर्ने अडान राखेका कारण विवादले उग्ररुप लिदै गएको छ । आज स्थगित भएको नगरसभा बैठक भोलि साउन २ गते १ बजेका लागि बोलाइएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन

Next Post ≫

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क