Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0
लुम्बिनी प्रदेशका चार मन्त्रालयको नाम परिवर्तन
60
SHARES
ShareTweet

बुटवल, १ साउन । लुम्बिनी प्रदेशमा चारवटा मन्त्रालयको नाम हेरफेर गरिएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले चारवटा मन्त्रालयको नाम हेरफेर गरेको हो ।
मन्त्रिपरिषद बैठकले आर्थिक मामिला तथा सहकारी मन्त्रालयलाई अर्थ तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालय नामाकरण गरिएको छ ।
यस्तै कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय बनाइएको छ । त्यसैगरी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य मन्त्रालय मात्र बनाइएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्माले बताउनु भयो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई जना हलुका सवारी चालकको अस्थायी दरवन्दी आ.व. २०७९\८० का लागी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र जगदिशपुर बर्ड स्याङचुरी (पंक्षी आरक्ष) कार्ययोजना व्यवस्थापना योजना (२०७९\८०) स्वीकृत गरेको छ ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालय प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम तथा यातायात व्यवस्था मन्त्रालय कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा.प.प्रथम श्रेणी) श्री दिपक राज नेपाललाई जिम्मेवारी सहित कामकाज गर्न दिन निर्णय भएको मन्त्री शर्माले बताउनु भयो ।

≪ Previous Post

बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

Next Post ≫

तिलोत्तमा नगरको चौथो नगरसभा गणपुरक संख्या नपुगेपछि स्थगित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क