Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · ३२ असार २०७९ · 0
तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन
90
SHARES
ShareTweet

तिलोत्तमा, ३२ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, एकता टोल विकास संस्थाको शनिबार भएको साधारण सभा तथा प्रथम अधिवेशनले टोल विकास संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
निर्वाचनका लागि वडा सदस्य रामकृष्ण पाठकको संयोजकत्वमा फर्शुराम भण्डारी र रमेश पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलले १५ सदस्यीय टोल विकास संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गरेको हो ।
अधिबेशनले माया चापाईको अध्यक्षतामा टोल विकास संस्थाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलका संयोजक रामकृष्ण पाठकले जानकारी दिनुभयो ।
कार्यसमितिको उपाध्यक्षमा निर्मला थापा, सचिवमा यादा क्षेत्री र कोषाध्यक्षमा जनकराज बेल्वासे चयन हुनु भएको छ । यस्तै समितिको सदस्यमा ठक बहादुर क्षेत्री, जया श्रेष्ठ, राम बहादुर सेन, डिलबहादुर थापा, गोमा बन्जाडे, गंगा गिरी, कृष्ण अर्याल, गिरिराज गौतम, तुल्सीराम पाण्डेय, गोपाल खरेल र धनिराज आचार्य चयन हुनुभएको छ ।
टोल विकास संस्थामा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वडा अध्यक्ष डिलबहादुर भट्टराई, निर्वाचन मण्डलका संयोजक रामकृष्ण पाठक, निर्वाचन मण्डलका सदस्य लगायत वडाका अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा कार्य समिति निर्विरोध निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने निंर्वाचन मण्डल, वडाका जन प्रतिनिधि, टोल समिति गठनमा सहयोग गर्ने टोल विकास संस्थामा आवद्ध टोलवासीहरुलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिएको नवनिर्वाचित सचिव यादा क्षेत्रीले जानकारी गराउनु भयो ।

≪ Previous Post

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

Next Post ≫

आज साउने संक्रान्ति पर्व मनाइँदै, छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क