तिलोत्तमा, ३२ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, एकता टोल विकास संस्थाको शनिबार भएको साधारण सभा तथा प्रथम अधिवेशनले टोल विकास संस्थाको नयाँ नेतृत्व चयन गरेको छ ।
निर्वाचनका लागि वडा सदस्य रामकृष्ण पाठकको संयोजकत्वमा फर्शुराम भण्डारी र रमेश पौडेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन मण्डलले १५ सदस्यीय टोल विकास संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको घोषणा गरेको हो ।
अधिबेशनले माया चापाईको अध्यक्षतामा टोल विकास संस्थाको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलका संयोजक रामकृष्ण पाठकले जानकारी दिनुभयो ।
कार्यसमितिको उपाध्यक्षमा निर्मला थापा, सचिवमा यादा क्षेत्री र कोषाध्यक्षमा जनकराज बेल्वासे चयन हुनु भएको छ । यस्तै समितिको सदस्यमा ठक बहादुर क्षेत्री, जया श्रेष्ठ, राम बहादुर सेन, डिलबहादुर थापा, गोमा बन्जाडे, गंगा गिरी, कृष्ण अर्याल, गिरिराज गौतम, तुल्सीराम पाण्डेय, गोपाल खरेल र धनिराज आचार्य चयन हुनुभएको छ ।
टोल विकास संस्थामा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वडा अध्यक्ष डिलबहादुर भट्टराई, निर्वाचन मण्डलका संयोजक रामकृष्ण पाठक, निर्वाचन मण्डलका सदस्य लगायत वडाका अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा कार्य समिति निर्विरोध निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने निंर्वाचन मण्डल, वडाका जन प्रतिनिधि, टोल समिति गठनमा सहयोग गर्ने टोल विकास संस्थामा आवद्ध टोलवासीहरुलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरिएको नवनिर्वाचित सचिव यादा क्षेत्रीले जानकारी गराउनु भयो ।
