Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

संसारपोस्ट संवाददाता · ३२ असार २०७९ · 0
बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा
140
SHARES
ShareTweet

बुटवल, ३२ असार । बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु भएको छ । बुटवल कोरा २०२२ को लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका सदस्य सचिब जयप्रकाश भट्टराइले बुटवलको कालिका मानवज्ञान माबिबाट रिबन काटेर शुभारम्भ गर्नुभयो ।
सो अबसरमा बोल्दै भट्टराईले साइक्लिङ,पर्यटन र स्वास्थ्यसंग प्रत्यक्ष जोडिने बताउनुभयो । उहांले कोरा मार्फत् धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा र वातावरणमा समेत सकारात्कम भूमिका रहने बताउनुभयो ।
बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको समेत सहकार्य रहेको जानकारी दिनुभयो ।
धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा बिजि बेकर्स बुटवल कोरा २०२२ रहेको उहाको भनाइ छ ।
दैनिक जीवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वस्थ्य र पर्यावरण जोगाउन योगदान दिने रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिशेक भारीले बताउनुभयो । कोरामा करीब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कोराको मुल मर्म अनुसार कोरा मार्फत सामाजिक क्षेत्रमा योगदान गर्दै आएको भेषराज गैरको भनाइ छ । कोरा कार्यक्रम केवल साईकल ईभेन्टमात्र नभई यो साईकिलेहरुका लागि ठूलो पर्व भएको भन्दै उहाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । रुपन्देही जिल्ला साईक्लिङ संघका सदस्य तथा बुटवल साईक्लिङ क्लबका सदस्य स्वस्तिक श्रेष्ठले कोराको महत्व र कार्यक्रमबारे प्रकाश पार्दै बुटवलको संस्कृति कोरा बन्दै गएको बताउनुभयो । साईकलमार्फत पर्यटन प्रवर्द्धनको अभियानमा यस क्षेत्रका साईकिलेहरु लागेको उहाले जानकारी दिनुभयो ।
बुटवलको कालिका मानव ज्ञान माविबाट शुरु हुने कोरा २०२२ को यात्रा मिलन चोक, भाटभटेनी सुपर मार्केट, हिलपार्क, सिद्धेश्वरी मावि, शिवनगर सामुदायिक वन, लडियाबास, मिलनचोक, पाल्पाली टोल, भलुही, देवदह मेडिकल कलेज, भुपुसैनिक, शिवपुर, ४ नम्बर, मणिग्राम, गोरकट्टा, फर्साटिकर, कपरकट्टी ताल (मिनी फेवाताल), नरेनापुर मन्दिर, उजेलापुर, मुक्तिनाथ धाम नयागाउँ, बेल्बास चोक, लायन्स आखा अस्पताल, जलबिनायक मन्दिर, दुर्गा मन्दिर पुल्चोक, गोलपार्क, ट्राफिक चोक हुँदै पुनः कालिका माबि पुगेर समापन हुने सञ्चार संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वभर नै कोरा साईक्लिङ गरिदै आएको भन्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर धेरै कार्यक्रमहरु गरिदै आएको छ ।
कार्यक्रमका संयोजक रबिलाल सुवेदीले विभिन्न उपसमितिमार्फत कार्यक्रम संचालन गरिएको बताउनुभयो । यो वर्ष कोरामा रुपन्देहीका ४ र नवलपरासी जिल्ला साईक्लिङ संघसहित १ सय ५० बढी साईक्लिष्टहरु सहभागि भएका छन् ।

≪ Previous Post

तिलोत्तमाको नगरसभा बैठक स्थगित : उपप्रमुखले माइन्यूट नियन्त्रणमा लिएको कांग्रेसको आरोप

Next Post ≫

तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क