Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज साउने संक्रान्ति पर्व मनाइँदै, छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

आज साउने संक्रान्ति पर्व मनाइँदै, छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७९ · 0
आज साउने संक्रान्ति पर्व मनाइँदै, छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने दिन
120
SHARES
ShareTweet

बुटवल, १ साउन । आज साउने संक्रान्ति पर्व मनाइँदैछ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १ माघमा सुरु हुने उत्तरायण र १ साउनमा सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।
परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई हिन्दू धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।
लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । धर्मशास्त्रविद् गौतमका अनुसार महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने चलन पनि रहिआएको छ ।

≪ Previous Post

तिलोत्तमा–२, एकता टोलमा माया चापाईको अध्यक्षतामा नयाँ समिति चयन

Next Post ≫

बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट तथा बेड निःशुल्क

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क