Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राष्ट्रपति रनिङ सिल्डको उपाधि लुम्बिनीलाई : १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै टिम च्याम्पियन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राष्ट्रपति रनिङ सिल्डको उपाधि लुम्बिनीलाई : १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै टिम च्याम्पियन

संसारपोस्ट संवाददाता · ३० असार २०७९ · 0
राष्ट्रपति रनिङ सिल्डको उपाधि लुम्बिनीलाई : १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै टिम च्याम्पियन
160
SHARES
ShareTweet

काठमाडौं, ३० असार । डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले बिहीबार केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको १२ औँ संस्करणको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।
प्रतियोगितामा दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य हात पारेको छ भने तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्न सफल भएको छ ।
५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप ११÷११ रजत र कांस्य पनि प्राप्त ग¥यो । स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल ग¥यो ।
प्रतियोगितामा ४ कीर्तिमान लुम्बिनीका खेलाडीले रच्न सफल भएका छन् । निशा चौधरीले मात्र दुई व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिनिन् । १ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । त्यस्तै, ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् ।
छात्र लङजम्पमा सुदीप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए ।
एथलेटिक्सको प्रत्येक कीर्तिमानका लागि १५ हजार नगद पुरस्कार प्रदान गरियो । कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको तेश्रोपटक हो ।

भलिबलको उपाधि छात्रमा गण्डकी र छात्रामा बागमतीलाई

भलिबलको उपाधि छात्रमा गण्डकी तथा छात्रामा बागमतीले जितेका छन् । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग¥यो । भलिवलमा कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।
यस्तै कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो ।
छात्रामा सुदूरपश्चिमले बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । मार्सल आर्ट्समा बागमतीकै दबदबा रह्यो । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।

≪ Previous Post

मतदाता नामावली दर्ता अबदेखि अनलाइनबाट गर्न सकिने

Next Post ≫

कांग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु भन्छन् : काम गर्दा गलत भए ढाकछोप नगर्नु, तथ्यमा आधारित भएर कलम चलाउनु !

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क