Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योगी व्यवसायी मारमा पर्नेगरी सरकारले कुनै काम गर्दैन : गृहमन्त्री खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योगी व्यवसायी मारमा पर्नेगरी सरकारले कुनै काम गर्दैन : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १८ असार २०७९ · 0
उद्योगी व्यवसायी मारमा पर्नेगरी सरकारले कुनै काम गर्दैन : गृहमन्त्री खाँण
110
SHARES
ShareTweet

तिलोत्तमा, १८ असार । गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायी सफल नभए सरकार पनि सफल नहुने बताउनु भएको छ । सरकारकै सन्तानको रुपमा उद्योगी व्यवसायी रहेकाले आफ्नै सन्तान मारमा पर्ने गरी सरकारले काम नगर्ने उहांले बताउनु भएको हो ।
शनिवार रुपन्देहीको तिलोत्तमा उद्योग बाणिज्य संघको छैठौं, सातौं साधारण सभा तथा तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले उद्योगी व्यवसायीका विगत देखिका विद्युत आपुर्ति तथा ट्रंक लाईनका समस्याहरु पनि समाधान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योगी व्यवसायीले बनाएको नारालाई नै मुलआधार बनाएर सरकारले नीति तथा बजेट ल्याएको बताउँदै गृहमन्त्री खाणले सरकार सफल हुन पहिला उद्योगी व्यवसायीहरु सफल हुनुपर्ने तर्क गर्नुभयो ।
सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले उद्योगी व्यवसायी संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमाको विकासको लागि उद्योगी व्यवसायी संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले तिलोत्तमा लगानीको हिसावले उपयुक्त र सुरक्षित नगर रहेकोले उद्योगी व्यवसायीका लागि लगानी योग्य वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव) ले सरकारका नीति निजि क्षेत्र मैत्री बन्न आवश्यक रहेको बताए । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भण्डारीले निजि क्षेत्र मैत्री नितिले नै नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने र जवसम्म राज्यले निजि क्षेत्रलाई सकारात्मक ढंगबाट हेर्न सक्दैन तबसम्म आर्थिक समृद्धि नारामा मात्र सिमित रहने बताए । उद्योगी व्यवसायीका मुख्य समस्या बैंक तथा वित्तिय सस्थाहरुले स्वेच्छाचारी ढंगले गर्ने ब्याज निर्धारण तथा वृद्धि रहेको र राजस्व कार्यालयहरुबाट कानुनी प्रक्रियाका नाममा उद्योगी व्यवसायीहरुलाई दुःख दिने र आर्थिक भारमा पार्ने कार्य तत्काल रोकिनु पर्ने बताए ।
यस्तै अध्यक्ष भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गरिने कर्जामा एकल अंकको व्याजदर कायम गर्न, व्यवसायमा निरन्तर कर्जाको प्रकृया सरलीकरण गर्न, नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने,उद्योग व्यवसाय सम्बन्धी निजी क्षेत्रसंग प्रत्यक्ष सरोकार भएका नीति ऐन नियमहरु तर्जुमा गर्दा अनिवार्य रुपमा निजी क्षेत्रको सहभागिता अपरिहार्य गर्न र एउटा कसुरमा एक कानूनबाट मात्र सजाय गर्नुपर्ने जस्ता विषयहरुमा सरकारको ध्यान जानुपर्ने बताए ।
भावी कार्यक्रमका रुपमा तिलोत्तमा नगरपालिका भित्र औद्योगिक व्यापार मेला संचालन गर्नका लागि तिलोत्तमा प्रदर्शनी मण्डप निर्माणका लागि नगरपालिका संग पहल गर्ने तथा तिलोत्तमा नगरपालिका भित्र औद्यौगिक क्षेत्र निर्माणका लागि सम्वन्धित निकायसंग पहल गरिने उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, लुम्विनी प्रदेश उद्योग वाणिज्य मासंघका उपाध्यक्ष बालकृष्ण सुबेदी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मराज न्यौपाने, तिलोत्तमा च्याम्वर अफ कमर्सका उपाध्यक्ष नेत्र न्यौपाने, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, संघका सल्लाहाकार पशुपति घिमिरेलगायतले बोल्दै सरकारको उद्योग ब्यवसाय मैत्री नीति नहुदा समस्या भएको भन्दै सरकारका नीति कार्यक्रम उद्योग ब्यवसाय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय निकाय निर्वाचन २०७९ मा तिलोत्तमा नगरपालिकामा निर्वाचित मेयर, उप–मेयर, १७ वटै वडाका वार्ड अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै संस्थाको भौतिक विकास तथा ब्यवसायीहकहितका योगदान पुर्याएको भन्दै संघका सल्लाहाकार बालकृष्ण भुसाल र कार्यालय ब्यवस्थापन तथा संचालनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै संघका कार्यालय प्रमुख लोकनाथ खनाललाई सम्मन गरिएको थियो । संघका अध्यक्ष गुणनिधि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले स्वागत र महासचिव कमल कँडेलको संचालनमा कार्यक्रम भएको थियो । साधारण सभाले अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।
संघमा नया सर्वसम्मत चयन
तिलोत्तमा उद्योग वाणिज्य संघको तेस्रो अबिधेशनले पुन गुणनिधि भण्डारी (माधव) को अध्यक्षतामा २१ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डे, महासचिव राज कुमार पाण्डे, कोषाध्यक्ष विष्णु प्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी, सहसचिव नारायण वहादुर पौडेल र सहकोषाध्यक्षमा अमृत भुषाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समिति संयोजक माधव प्रसाद घिमिरेले जानकारी गराए ।
यस्तै कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे, मधुसुदन घिमिरे, धनबहादुर गुरुङ, अमनमान श्रेष्ठ, सूर्यप्रसाद न्यौपाने, रोमनाथ गैरे, चन्द्र कुमार दुबे, रुस्तम कंडेल, अजय राना, नरेश बहादुर क्षेत्री तथा महिला सदस्यमा विना न्यौपाने र राधिका देवी शर्मा निर्वाचित भएका छन् ।

 

≪ Previous Post

विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

Next Post ≫

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु, एक घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क