गुल्मी, २१ असार । चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चट्याङ लागेर जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले दिएको जानकारी अनुसार मंगलबार बिहान ४ बजे परेको चट्याङका कारण विष्टको मृत्यु भएको हो ।
चट्याङ लागेर मृतककी भाउजू ४२ वर्षीय संगिता विष्ट घाइते भएकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो र चट्याङले घर र पशु चौपायाँमा क्षति पु¥याएको छ ।