Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0
टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ
60
SHARES
ShareTweet

सालझण्डी, १६ असार । टेष्टराईडको बाहनामा मोटरसाईकल चोरी गर्ने एक ब्यक्तिलाई सालझण्डी प्रहरीले पक्राउ गरेको छ ।
घटना विवरण अनुसार बिदेश जानुपर्ने भएको र पैसा कमभएको कारणले मिति २०७९÷०३÷१० गते जिल्ला रोल्पा त्रिवेणी गा.पा–०७ ठेगाना भई दाङ बस्ने दिल बहादुर बि.क ले आफ्नो फेसबुकमा मोटरसाईकल बिक्रिमा रहेको भनि बा ५१ प ७४४३ नं को भी आर मोटरसाईकलको फोटो रु.१ लाख मुल्यसहित राख्छन् । त्यसको केहि दिनमा उनी पासपोर्ट सम्बन्ीि कामको लागि काठमाडौँ जाने तरखरमा हुन्छन् ।
मिति २०७१÷०३÷१३ गते बा ५१ प ७४४३ नंम्बरको भीआर मोटरसाईकलको धनि दिल बहादुर बि.क काठमाडौँ जानको लागि दाङबाट बिहान हिडेकोमा बिहान अं १०ः३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ रामापुर स्थित महेन्द्र राजमार्ग सडक छेउमा मोटरसाईकल रोकि पसलमा चिया पिईरहेका हुन्छन् । यत्तिकैमा उनको भेट एक अपरिचित र स्थानिय जस्तो देखिने युवकसँग हुन्छ ।
भर्खर भेटिएका उनै दिलबहादुरको छेउमा आई अहो कस्तो राम्रो मोटरसाईकल तपाँईको मलाई त खुब मनपर्यो भनि छेउमै राखेको मोटरसाईकल मुसार्न थाल्छन् । त्यसपछि उनै अपरिचित युवकले आफूलाई मोटरसाईकल एकदम मन परेको र किन्ने भनेपछि दिलबहादुरले पहिले १ लाख भनि फेसबुकमा बेच्न राखेको मोटरसाईकलको मुल्य ९० हजार बताउँछन् । त्यसपछि उनै युवाले खै किन्नुभन्दा पहिले एकपटक कन्डिसन पनि त चेक गर्नुपर्यो नत्र त त्यत्रो ९० हजार हालेर बित्तैमा फसिएला नि भनेर मोटरसाईकलको चाबि माग्छन् र स्टार्ट गरि टेस्ट राईडको लागि निस्कन्छन् ।
टेस्ट राईडमा निस्किएका व्यक्ति १०÷१२ मिनेटसम्म पनि नफर्केपछि आफ्नो मोटरसाईकल किन्ने बाहनामा चोरी भएको आशंकामा उनले तत्कालै ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा खबर गर्छन् । खबर गरेलगत्तै प्रहरी खोजतलासमा निस्कन्छ तर ति चोरी गरि लैजाने युवकको जानकारी नहुनाले तत्कालै पक्राउ पर्दैनन् । तर खोजतलास चलिरहन्छ ।
आवश्यक अनुसन्धान गर्ने क्रममा उक्त चोरी भएको बा ५१ प ७४४३ नं को भीआर मोटरसाईकल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं ८ बस्ने बर्ष १८ को एस.पि (परिवर्तित नाम) नाम गरेको मानिसले चोरी गरि गएको खुल्न आउँछ ।
तत्पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा रहेको प्रहरी टोलिले खोजतलास गर्दै जाने क्रममा मिति २०७९।०३।१५ गते जिल्ला रुपन्देही कञ्चन गाँउपालिका वडा नं १ रातडाँडा स्थित भित्री सडकमा उक्त बा ५१ प ७४४३ नम्वरको भीआर मोटर साईकल चलाई हिँडेको अवस्थामा बरामद गरी उक्त मोटरसाईकल चोरी गर्ने प्रतिवादी समेतलाई फेला पारी तत्काल पक्राउ गर्दछ । पक्राउ परेका ब्यक्तिलाई चोरी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सलाझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिनुभयो ।

≪ Previous Post

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

Next Post ≫

विषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क