Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0
बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड
120
SHARES
ShareTweet

बुटवल, १६ असार । रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तव्य वनाउन उज्यालो शहरका रुपमा बिकास गर्नुपर्ने बताएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउनका लागि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले तर्क गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने व्यवसायीहरुले आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताउनु भयो । कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार बिकासमा जोड दिने उहाँले प्रष्ट पार्नु भयो ।
यस क्षेत्रलाई उज्यालो शहर र बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उहाँले घोषणापत्र अनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अलपत्र पर्नुपर्ने बाध्यताको अन्त्य गर्न कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्न आश्यक रहेको उहांले बताउनु भयो ।
उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको भन्दै मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको बताउनु भयोे ।
व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उहांले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नुपर्ने बताउनु भयो ।
यसैगरी उहाँले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताउदै यस क्षेत्रमा लागेका व्यवसायीहरुलाई पूराना धारणा त्यागेर मर्यादित पेसा र पर्यटन व्यवसायीका रुपमा हेर्न सरकारसँग आग्रह गर्नु भयो ।
अध्यक्ष रामप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमका अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

≪ Previous Post

बुटवलमा सञ्चालित विशेष क्रिकेट क्याम्प सम्पन्न

Next Post ≫

टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क