Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड

संसारपोस्ट संवाददाता · १६ असार २०७९ · 0
बुटवललाई पर्यटकीय गन्तब्य बनाउन कालिका पथलाई उज्यालो शहरका रुपमा बिकास गर्नुपर्नेमा जोड
120
SHARES
ShareTweet

बुटवल, १६ असार । रूपन्देहीका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले बुटवलको कालिका पथलाई पर्यटकीय गन्तव्य वनाउन उज्यालो शहरका रुपमा बिकास गर्नुपर्ने बताएका छन् । सुरक्षा तथा पूर्वाधार अभावको नाममा कालिका पथलाई कसैले पनि उज्यालो शहर वनाउनका लागि रात्रिकालिन बजार हुनबाट रोक्न नहुने उनीहरुले तर्क गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २४ औं स्थापना दिवसका अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने व्यवसायीहरुले आधुनिकताको बिकास र समयको माग अनुसार यस क्षेत्रमा आवश्यक सिसिटिभी क्यामेरा तथा सडक बत्तीको व्यवस्था गरि रात्रिकालिन बजार सञ्चालन गर्न सुरक्षा निकाय, स्थानीय, प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले व्यवसायीहरुको माग सम्बोधनका लागि स्थानीय सरकार तयार रहेको बताउनु भयो । कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्नका लागि उपमहानगरले आवश्यक पूर्वाधार बिकासमा जोड दिने उहाँले प्रष्ट पार्नु भयो ।
यस क्षेत्रलाई उज्यालो शहर र बजार बनाउनका लागि सबै राजनीतिक दलहरुको आफ्नो चुनाबी घोषणापत्रहरुमा समेत उल्लेख गरेको बताउँदै उहाँले घोषणापत्र अनुसार कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । बुटवलको पहिचान र पर्यटन क्षेत्रको बिकासका लागि रातको समयमा कोही पनि अलपत्र पर्नुपर्ने बाध्यताको अन्त्य गर्न कालिका पथलाई उज्यालो शहरको रुपमा बिकास गर्न आश्यक रहेको उहांले बताउनु भयो ।
उपप्रमुख अर्यालले मर्यादित र कानुनी दायरामा रहेर होटल व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो । बजार अनुगमन तथा त्यसको कार्यान्वयन आफ्नो प्रमुख जिम्मेवारी रहेको भन्दै मर्यादा र कानून विपरित जानेहरुका लागि कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले बुटवलको कालिका पथलाई रात्रिकालिन बजार बनाउनका लागि आवश्यक लगानी गर्न आफूहरु तयार रहेको बताउनु भयोे ।
व्यवसायीहरुले नै मिलेर सामुहिक रुपमा लगानी गरि सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान तथा सडक बत्तीको व्यवस्था गर्न सकिने बताउँदै उहांले सुरक्षा लगायतका अन्य सुविधा सरकारले उपलब्ध गराउन सक्नुपर्ने बताउनु भयो ।
यसैगरी उहाँले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताउदै यस क्षेत्रमा लागेका व्यवसायीहरुलाई पूराना धारणा त्यागेर मर्यादित पेसा र पर्यटन व्यवसायीका रुपमा हेर्न सरकारसँग आग्रह गर्नु भयो ।
अध्यक्ष रामप्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष समुन्द्र जिसी, बुटवल ९ का वडा अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमका अवसरमा क्यान्सर पीडित व्यवसायीहरु बिकास ढकाल र दुर्गा खनालको परिवारलाई जनही २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

≪ Previous Post

बुटवलमा सञ्चालित विशेष क्रिकेट क्याम्प सम्पन्न

Next Post ≫

टेष्टराईडको बाहानामा मोटरसाईकल चोरी गर्ने पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क