बुटवल, १४ असार । विगत २ वर्ष देखि कोभिड महामारीका कारण स्थापना दिवश मनाउन नपाएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले यस वर्ष आफ्नो २४ औं स्थापना दिवश ३ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउंदै छ ।
संघले मानविय सेवा सहित पर्यटकीय स्थलहरुको सरसफाई संस्थाको संस्थापकहरुलाई सम्मान्न र क्यान्सर पीडित व्यवसायीलाई राहात रकम प्रदान गरी मनाउन लागेको छ ।
संघले यस वर्ष पहिलो दिन रगतको अभाववाट कोही कसैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । त्यस्तै मंगलवार एैतिहासिक तथा पर्यटकीय स्थल रामापिथेकश पार्कमा सरसफाई गर्ने र बुधवार क्यान्सर पीडित व्यवसायी दुर्गा खनाललाई स्वास्थ्य उपचारकालागि राहात पुगोस भनेर राहात रकम उपलब्ध गराउने र सोहीदिन संस्थाको स्थापना गर्ने संस्थापकहरुलाई सम्मान्न गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष रामप्रसाद गौतमले जानकारी गराउनु भयो ।
स्थापना दिवशको अवसरमा आयोजना गरिने ३ दिवशीय कार्यक्रमलाई सभ्य र भव्य रुपमा मनाउनकालागि विभिन्न संयोजकहरु तय गरिएको छ । समितिका संयोजकहरुले कार्यक्रमको तयारी व्यापक रुपमा गरेको अध्यक्ष गौतमले बताउनु भयो । रक्तदान संयोजक थम्मन भण्डारी, रामापिथेकश पार्क सरसफाई संयोजक माधव ढकाल र क्यान्सर पीडित व्यवसायीलाई राहात प्रदान संयोजकको जिम्मेवारी कृष्ण प्रसाद पाण्डेलाई दिईएको छ ।
सोमवार आयोजना गरिएको रक्तदानमा ८२ जनाले रक्तदान गरेको संयोजक थम्मन भण्डारीले बताउनु भयो । संस्थाले व्यवसायीहरुको हकहितका खातिर २०५६ सालमा संस्था स्थापनगर्न योगदान पुराएका संस्थापकहरुलाई योगदानको कदर गर्दै संस्थापकहरुलाई सम्मान्न गर्ने निर्णय गरिएको महासचिव माधवकुमार खनालले जानकारी गराउनुभयो । व्यवसायीलाई परेको पीडामा मलम लगाउन भन्दै क्यान्सर पीडितलाई राहात रकम प्रदान गर्ने निर्णय गरिएको संस्थाका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
दुई वर्ष सम्म स्थापना दिवश मनाउन नपाएको संस्थाले यस वर्ष सामाजिक क्षेत्रमा, पर्यटनको क्षेत्रमा र व्यवसायीहरुको सम्मान्न तथा क्यान्सर पीडित व्यवसायीलाई केही भएपनि राहात रकम प्रदान गर्नुले संस्था स्थापना गर्दाको उद्देश्यमा टेवा पुराएको व्यवसायीको भनाई रहेको छ ।
