Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा
लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago

सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

संसारपोस्ट संवाददाता · १० असार २०७९ · 0
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा
140
SHARES
ShareTweet

भैरहवा, १० असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३४ करोड ५४ लाख ३५ हजार बराबरको बजेट ल्याएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था बमोजिम यो बजेट आएको हो । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐन समेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
कृषि, पर्यटन, सहकारी जस्ता आर्थिक विकासको क्षेत्रलाई जोड दिइ रोजगारी सृजना र आयआर्जन वृद्धिमा योगदान पुर्याउने कार्यक्रम सञ्चालन गर्ने, नगरको सौन्दर्यीकरण, सरसफाइ, वातावरणीय संरक्षण तथा पर्यावरणीय प्रवद्र्धधन कार्यमा जोड दिने, संस्थागत विकास र सुशासन प्रवद्र्धनमा जोड दिई नागरिकमैत्री सेवा प्रवाह गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ । प्राथमिकतालाई कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार र दातृ निकायहरू, निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्ने नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उल्लेख छ ।
नगर उपप्रमुख अधिकारीले संघ र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, आन्तरिक आयसमेतबाट गरी उक्त बराबरको बजेट ल्याएकी हुन ।
अधिकारीले बजेट तथा कार्यक्रमका मुख्य उद्देश्यहरू मानव विकासलाई केन्द्रमा राखी नगरको दैनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने, वातावरण संरक्षण र पूर्वाधार दिगोपना हुने गरी निर्माण गर्ने, विकासका संवाहकको समुचित परिचालनद्वारा आर्थिक विकास, सन्तुलित र समावेशी विकासमा टेवा पुर्याउने रहेको बताइन् । नगरपालिकाले बहुवर्षीय तथा क्रमागतमा रहेका योजनाहरूलाई सम्पन्न गर्ने र दिगो एवं वातावरणमैत्री हुने गरी आधारभूत शहरी पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिने नीति लिएको छ ।
तत्कालीन मेयर हरि प्रसाद अधिकारीले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा छाडिएका छाडा चौपाया व्यवस्थापनका लागि ५४ लाख ५० हजार विनियोजन गरेका थिए । एक वर्षमा समस्या समाधान हुने दावीका साथ नगरपालिकाले लाखौँ रुपैयाँ लगानी गर्ने योजना बनाए पनि आर्थिक वर्ष सकिन लाग्दा कान्जी हाउस कहाँ बनाउनेबारे टुंगो नै नलागेपछि सो रकम खर्च भएको छैन, सोही शिर्षकमा अहिले १ करोड बजेट विनियोजन भएको छ ।
नगरपालिकाले ज्येष्ठ नागरिक आश्रय÷मिलन केन्द्र स्थापना गर्न १० लाख र सडक मानवमुक्त नगर बनाउन ३ लाख बजेट विनियोजन गरेको छ । यस्तै छाडा चौपाया व्यवस्थापन गर्न कान्जीहाउस निर्माणका लागि १ करोड विनियोजन गरिएको छ ।
बोटानिकल गार्डेनको डीपीआर निर्माणको लागि २० लाख र निर्माणाधीन नगर पालिकाको लागि ५ करोड ८० लाख विनियोजन गरिएको छ । त्यसै गरी नगर पालिकाले पशुपन्छी विकासतर्फ गाई भैसीको स्वच्छ दूध उत्पादन, चापाकटर वितरण, विभिन्न खोप सेवा, कृत्रिम गर्भाधानका लागि सामग्री तथा तरल नाइट्रोजन खरिद तथा ढुवानी, घाँसको बिउँ वितरण, नश्ल सुधारका लागि बोका वितरण, भकारो सुधार, गोठ सुधार, रोग नियन्त्रण तथा बाख्रापालन तालिम, माछाको भुरा तथा दाना वितरण, मिनरल तथा भिटामिन वितरण कार्यक्रम र कुकुर बन्ध्याकरणका लागि एकमुष्ट ४६ लाख ७५ हजार विनियोजन गरेको छ ।
नगरप्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाले विकास निर्माण काममा साना टुक्रे योजनालाई निरुत्साहित गरी ठूला र देखिने खालका योजना सञ्चालन गर्ने नीति लिएको जनाए । नगरलाई क्लिन सिटी, ग्रिनसिटी र वातावरण मैत्रीको रूपमा विकास गरिनेछ । सिद्धार्थनगरलाई सधैँ हराभरा तथा वातावरणीय सन्तुलन राख्न नगर क्षेत्र भित्र रहेका सार्वजनिक स्थलहरूमा वृक्षारोपण कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने जनाएका छन् । नगरपालिकाले आजै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मेयर सामूहिक विवाह कार्यक्रम गरी फजुल खर्च नियन्त्रण गर्ने जनाएको छ । न्युज कारखाना

≪ Previous Post

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट, करमा १० देखि १५ प्रतिसतसम्म छुट

Next Post ≫

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क