Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संकटको समयमा उद्योगी ब्यवसायीले सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संकटको समयमा उद्योगी ब्यवसायीले सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · १० असार २०७९ · 0
संकटको समयमा उद्योगी ब्यवसायीले सहयोग गर्नुपर्छ : गृहमन्त्री खाँण
90
SHARES
ShareTweet

भैरहवा, १० असार । गृहमन्त्री बालकृष्ण खाँणले संकटको समयमा उद्योगी ब्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भयोे । गृहमन्त्री खाँणले अहिलेको गम्भिर अवस्थामा पार पाउन सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
उहाँले सरकार र यसका निकायहरु सञ्चालनका लागि रकमको आवश्यकता पर्ने र उक्त रकम राजस्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशको चौथो प्रदेश सभामा शुक्रबार भैरहवामा वोल्दै गृहमन्त्री खाँणले सरकार र यसका निकायहरु सञ्चालनका लागि रकमको आवश्यकता पर्ने र उक्त रकम राजस्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
सभामा बोल्ने उद्योगी ब्यवसायीहरुले अहिले देशमा देखिएको आर्थिक समस्या ईतिहासकै सबै भन्दा ठूलो समस्या भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवस्थामा ८ प्रतिशत बिकास वृद्धि दर राखेर आएको बजेट निजि क्षेत्रले विस्वास गर्न नसकेको बताउनु भयो । उहाँले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको कारण बहुपक्षिय समस्या निम्त्याएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रदेश भित्र रहेका उद्योगी ब्यवसायीलाई जिम्मेवार र उत्तरदायित्व सहितको ब्यवसायगर्न उत्प्रेरित गरिने बताउनु भयो । उद्योगीहरुलाई सरकारले एकै प्रकृतिको उद्योगमा अलगअलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउदै सरकार आर्थिक अवस्था सुधारको पक्षमा लाग्न आग्रह गर्नुभयो ।
समारोहमा लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु, १ सय ३१ एसोसिएट गरि करिब ३ सय जनाको सहभागिता रहेको थियो ।

 

≪ Previous Post

कपिलवस्तुमा २ लाख बढिको १४ थान मोवाईल बरामद

Next Post ≫

नेपाल विश्वकैलागि आस्था र श्रद्धाको केन्द्र हो : प्रधानमन्त्री देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क