भैरहवा, १० असार । गृहमन्त्री बालकृष्ण खाँणले संकटको समयमा उद्योगी ब्यवसायीहरुले पनि सरकारलाई सहयोग गर्नुपर्ने बताउनु भयोे । गृहमन्त्री खाँणले अहिलेको गम्भिर अवस्थामा पार पाउन सबै हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
उहाँले सरकार र यसका निकायहरु सञ्चालनका लागि रकमको आवश्यकता पर्ने र उक्त रकम राजस्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशको चौथो प्रदेश सभामा शुक्रबार भैरहवामा वोल्दै गृहमन्त्री खाँणले सरकार र यसका निकायहरु सञ्चालनका लागि रकमको आवश्यकता पर्ने र उक्त रकम राजस्व जस्ता श्रोतबाट आउने भएकोले अहिलेको जटिल अवस्थामा सरकारलाई सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
सभामा बोल्ने उद्योगी ब्यवसायीहरुले अहिले देशमा देखिएको आर्थिक समस्या ईतिहासकै सबै भन्दा ठूलो समस्या भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाले अहिले आर्थिक गतिविधि सुस्त रहेको जिकिर गर्दै यस्तो अवस्थामा ८ प्रतिशत बिकास वृद्धि दर राखेर आएको बजेट निजि क्षेत्रले विस्वास गर्न नसकेको बताउनु भयो । उहाँले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको कारण बहुपक्षिय समस्या निम्त्याएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रदेश भित्र रहेका उद्योगी ब्यवसायीलाई जिम्मेवार र उत्तरदायित्व सहितको ब्यवसायगर्न उत्प्रेरित गरिने बताउनु भयो । उद्योगीहरुलाई सरकारले एकै प्रकृतिको उद्योगमा अलगअलग करको दर कायम गरेको, कच्चा पदार्थमा अन्तःशुल्क असुल गरेको लगायतको आरोप लगाउदै सरकार आर्थिक अवस्था सुधारको पक्षमा लाग्न आग्रह गर्नुभयो ।
समारोहमा लुम्बिनी प्रदेशमा रहेका १२ जिल्लाका ३७ वटा जिल्ला तथा नगर बाणिज्य संघहरु, १ सय ३१ एसोसिएट गरि करिब ३ सय जनाको सहभागिता रहेको थियो ।