बुटवल, ८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा ब्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न नसकिने बताउनु भएकोछ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले कुनै पेशा वा ब्यवसायमा सफल हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न नसकिने भन्दै राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने टिप्पणी गर्नुभएको हो ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लख्नुभएको छ– ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्दछ ।’
टेलिभिजन प्रस्तोता रबि लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
