Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको कालिका क्याम्पसमा कलेज बस संचालन,शिक्षामन्त्री खानद्वारा शुभारम्भ
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

बुटवलको कालिका क्याम्पसमा कलेज बस संचालन,शिक्षामन्त्री खानद्वारा शुभारम्भ

संसारपोस्ट संवाददाता · ८ असार २०७९ · 0
बुटवलको कालिका क्याम्पसमा कलेज बस संचालन,शिक्षामन्त्री खानद्वारा शुभारम्भ
80
SHARES
ShareTweet

बुटवल, ८ असार । बुटवलको कालिका क्याम्पसमा कलेज बस संचालनमा ल्याइएको छ । उक्त बस लुम्बिनी प्रदेश सरकारले लगानी साझेदारीमा कालिका क्याम्पसलाई दिएको हो ।
बुधबार एक समारोहका बिचमा कुल २९ लाख ५० हजार रुपैयाँ लागतको बस प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खानले बुधबार एक समारोहका बिचमा रिबन काटेर शुभारम्भ गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री खानले शैक्षिक क्षेत्रमा अब्बल रहेको कालिका क्याम्पससंग प्रदेश सरकारले सबैखाले सहकार्य गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री खानले देशकै नमुना कालिका विद्यालयको भौतिक विकासमा प्रदेश सरकारले थोरैमात्र सहयोग गरेको बताउंदै ब्यक्तिगत स्वार्थभन्दा माथि रहेर विद्यालयको विकासमा प्राचार्य घनश्याम पाठकले ठूलो योगदान पुर्याएको बताउनु भयो । सबैको साथ र सहयोगबाट कालिकाले लुम्बिनी प्रदेशको गरिमा बढाउन सफल भएको उल्लेख गर्दै उहांले प्रदेश सरकार निरन्तर शिक्षाको विकासमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
सो अवसरमा मन्त्री खानले क्याम्पस ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजु र क्याम्पस प्रमुख घनश्याम पाठकलाई बसको चाबि हस्तान्तरण गर्नुभयो । बस ४१ सिट क्षमताको हो ।
लागत साझेदारीका आधारमा मन्त्रालयले २५ लाख रुपैयाँ र बाँकी रकम क्याम्पसले ब्यहोर्ने क्याम्पस प्रमुख घनश्याम पाठकले बताउनुभयो । मन्त्रालयबाट सहयोग हुंदा बस संचालन गर्न सहजता मिलेको उहांले बताउनुभयो ।
मन्त्रालयबाट यो आर्थिक वर्ष कलेजको स्तरोन्नतिका लागि यातायातसहित खेलकुद पुर्वाधारमा २० लाख सहयोग भएको उहांले बताउनुभयो । उत्कृष्ट कलेजका रुपमा १ वर्षभित्र क्युएए प्राप्त गर्ने रुपमा पुर्वाधार र शैक्षिक विकासमा आफू लागेको बताउदै प्रमुख पाठकले विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका साथै रोजगार दिने गरी दक्ष युवाहरु उत्पादन गर्दै आएको उललेख गर्नुभयो ।
क्याम्पसका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजुले प्रदेश सरकारबाट प्राप्त हुने सहयोगले शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान दिने र संघसंस्थाहरुलाई प्रोत्साहन मिल्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष होमबहादुर गलामी, कलेजका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, सदस्य यमुना काउचा, कालिका मानव ज्ञान माबिका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका खेलकुद प्रशिक्षक हरिष वली, कलेजका संयोजक बुद्धि चौधरीले विद्यालयमा धेरै चाप रहेको भन्दै यसलाई थेग्ने गरि पुर्वाधार विकासमा आफुहरु लागेको बताउनु भयो ।
बुटवलको कालिका क्याम्पसमा अहिले स्नातक तहमा मात्रै २ हजार १ सय बिद्यार्थी अध्ययनरत छन् भने ७७ जना शिक्षक स्टाफ रहेको प्राचार्य पाठकले बताउनु भयो । विद्यालयमा बिसिए, विविए, बिएड गरि ३ विधामा २ हजार १ सय विद्यार्थीहरु अध्ययरत छन् ।

≪ Previous Post

इन्धनको मुल्यबृद्धि बढेसंगै सार्वजनिक यातायातको भाडा बृद्धि

Next Post ≫

निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्छ भन्न सकिदैन : महासचिब पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क