Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0
स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता
80
SHARES
ShareTweet

तिलोत्तमा, ४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका बिभिन्न वडामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको माग र स्थानीय आवश्यक्ताका आधारमा विकास निर्माणका काम गर्ने बताएका छन् ।
नेपाली कांग्रेस वडा समिति तिलोत्तमा २ ले शनिबार शँकरनगर बनबाटिकामा आयोजना गरेको वडावासीका लागि धन्यबाद ज्ञापन तथा भेटघाट कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले वडा तहमा क्रियाशिल टोल विकास संस्था र टोल समितिको छनौट अनुसार विकास निर्माणको काम गर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले विकासका लागि आवश्यक बजेटको माग र ब्यवस्थापन गर्ने दायित्व आफुहरुको भएको र योजना छनौट गर्ने काम वडावासीले गर्नुपर्ने बताउनु भयो ।
आफ्नो अमूल्य मतदान गरेर आफुलाई वडाध्यक्षमा विजयी बनाएकामा वडावासीलाई धन्यवाद ज्ञापन गर्दै वडाध्यक्ष भट्टराईले पदमा बहालरहंदा पदिय जिम्मेवारी र मर्यादामा बसेर जनताको काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेपाली काँग्रेस तिलोत्तमा २ का सभापति पुर्णबहादुर खत्रीको सभापतित्व र पूर्व वडा सभापति दुर्गासिंह थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तिलोत्तमा १ का सभापति जवानसिंह ठकुरी, २ का उपसभापति डोरबहादुर थापालगायतले बोल्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।
वडा सचिव प्रेम भुसालको सञ्चालनमा भएको कार्यक्रममा ३ का वडाध्यक्ष कल्याण पौडेल, ४ का वडासदस्य मित्रलाल न्यौपानेलगायत कांग्रेसका नेता कार्यकर्ताका सहभागिता रहेको थियो ।

सो अवसरमा निर्वाचनका क्रममा अहोरात्र खटिने नेता कार्यकर्ताका साथै निर्वाचनमा विभिन्न जिम्मेवारीमा रहेर महत्वपुर्ण भूमिका निर्वाह गरेकाहरुलाई धन्यवाद ज्ञापन सहित सम्मान गरिएको थियो । कार्यक्रममा वनभोज सहित विविध मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।

≪ Previous Post

जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी

Next Post ≫

रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क