Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने

संसारपोस्ट संवाददाता · १ असार २०७९ · 0
रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने
110
SHARES
ShareTweet

बुटवल, १ असार । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि अब भैरहवाबाटै पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । भैरहवामा श्रम कार्यालयको स्वा शुभारम्भ संगै श्रम स्विकृतिको लागि काठमाडौं धाइरहनुपर्ने बाध्यता हटेको छ ।
बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घघाटन गर्दै मेनपावर कम्पनीहरुलाई भैरहवामा कार्यालय खोल्न आग्रह गर्नु भयोे । मन्त्री श्रेष्ठले बुधवार भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्विकृति गरेर कार्यालय सूचारु गर्नु भयो । भैरहवाबासीको वर्षौ देखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागिसकेको मन्त्री श्रेष्ठले बताउनु भयो ।
विदेश जाने व्यक्तिलाई सीप सिकाउनको लागि आगामी बजेटमार्फत सातै प्रदेशमा सिपमूलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउँदै वैदेसिक रोजगारीको बहानामा ठगि गर्ने कोही कसैलाई छुट नदिने मन्त्रीश्रेष्ठले बताउनु भयो ।
भैरहवामा कार्यालय खोलेर मात्रै नहुने भन्दै सांसद प्रमोद यादवले वैदेसिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउनको लागि मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनु भयो ।

भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले हप्तामा तिन दिन उडान गरिरहेको छ । छिट्ट नै अन्य देसका नियमित उडान गर्ने तयारीमा सरकार लागि रहेको छ ।

≪ Previous Post

तिलोत्तमाको बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर न्यू लाइट स्कूलका शिक्षक पौड्यालको मृत्यु

Next Post ≫

प्रदेश राज्यमन्त्री वली प्रकरणको छानविनका लागि मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क