बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटना प्रकरणको सत्य तथ्य छानविनका लागि मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निणर्य गरेको हो ।
जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदी रहनु भएको सरकारका प्रबक्ता तिलकराम शर्माले बताउनुभयो ।
मन्त्री परिषदले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकार विकास पहिलो संसोधन अध्यादेश २०७८ प्रतिस्थान विधेयक, आइसोलेशन अस्पतालमा सेवा निरन्तर र जनशक्ति थप गर्ने निणर्य गरेको छ । बैठकले सरकारले बुधवार सार्वजनिक गर्ने आर्थिक वर्ष २०७९।०८०को वजेटलाई स्वकिृत प्रदान गरेको छ ।