Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको सालझण्डीमा बलेरो गाडीमा लोड गरिएको अबैध ११ क्विन्टल चिनी बरामद, गाडी सहित २ जना पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सालझण्डीमा बलेरो गाडीमा लोड गरिएको अबैध ११ क्विन्टल चिनी बरामद, गाडी सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0
रुपन्देहीको सालझण्डीमा बलेरो गाडीमा लोड गरिएको अबैध ११ क्विन्टल चिनी बरामद, गाडी सहित २ जना पक्राउ
160
SHARES
ShareTweet

सैनामैना, ३१ जेठ । रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी र चामल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो ।
जेठ २९ गते राती अन्दाजी १०ः०० बजेको समयमा ईलाका प्रहरी कार्यालय रालझण्डीबाट प्रहरी प्रमुख प्रहरी निरीक्षक मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही सैनमैना नगरपालिका वडा नं १० भच्कैयाबाट उक्त अबैध चिनी र बलेरो पिकअप गाडीलाई चालक सहित नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले गाडी चेकजाँचको क्रममा जिल्ला अर्घाखाँची, पाणिनी गाउँपालिका वडा नं २ बस्ने बर्ष २२ को मिन बहादुर रास्कोटीले चलाई सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्वरको बलेरो पिकअपमा भन्सार राजश्व छली ल्याई ओसारपसार गर्दै गरेको अवस्थामा ८०० केजी चिनि (८ क्विन्टल) चिनी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडी चालकलाई अबैध चिनीबारे सोधपुछ गर्दा उक्त चिनी जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं १ हात्तिबजारमा रहेको सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको हुँ भनि बताए पश्चात प्रहरीले आरती किराना पसलमा गई खानतलासी गरेको थियो । पसल खानतलासी गर्दा भन्सार छलि गरी लुकाई राखिएको अवस्थामा ३०० केजि (३ क्विन्टल) चिनी र गाडीमा बरामद भएको समेत जम्मा २२ वटा बोरामा रहेको ११०० के.जी चिनी (११ क्विन्टल), ५ के.जि र १ के.जि का प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी इण्डिया गेट बास्मती चामल र लु ३ च ११३३ नम्वरको बलेरो पिकअप गाडी सहित जम्मा रु २१ लाख २७ हजार ९१५ मूल्यांकन गरी गाडी, सामान र २ जना मानिसलाई आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय बुटबलमा पठाईएको प्रहरी निरीक्षक मरासिनीले जानकारी गराउनु भयो । ।
प्रहरीले सोहि किराना पसलको स्टोरमा खानतलासी गर्ने क्रममा म्याद गुज्रिएका ३२ प्याकेट हट एण्ड स्पाई चाउचाउ, ६०० मि.लि परिणामका माउण्टेन ड्यु बोतल–४ समेत बरामद गरी स्थानीय जनप्रतिनिधी, स्थानिय र सञ्चारकर्मीको रहोबरमा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको थियो ।

≪ Previous Post

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

Next Post ≫

तिलोत्तमाको बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर न्यू लाइट स्कूलका शिक्षक पौड्यालको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क