भैरहवा, ३१ जेठ । संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमण गरेको छ । संघका महासचिव कानी विनराजा, रेडिजेन्सी आसानी मेण्डा कोडा, नेपालका अप्रेसन म्यानेजर बलराम पौडेल लगायतको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेको हो ।
संयुक्त राष्ट्र संघले लुम्बिनी बौद्ध विश्व विद्यालयसँग समन्वय गरि अनुसन्धानको क्षेत्रमा काम गर्ने महासचिव कानीविन राजाले बताउनुभयो । उहांले भन्नुभयो–“अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविकोपार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।”
उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले संयुक्त राष्ट्र संघ सँग सहकार्य गरेर काम गर्न विकास कोष तयार भएको बताउनुभयो । कार्यक्रमा लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राईले लुम्बिनीको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
लुम्बिनी बौद्ध विश्व विद्यालयसँग समन्वय गरेर काम गर्न र लुम्बिनी विकास कोष सँग पनि समन्वय गरेर अगाडि बढ्न संयुक्त राष्ट्र संघ तयार भएको विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।
