Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
70
SHARES
ShareTweet

आर्थिक वर्षको बजेट ल्याउने बेलासम्म विकास बजेट आधामात्र खर्च
बुटवल, २९ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । दुईदिन सम्मको छलफलपछि आइतबार प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेशप्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुतगर्नु भएको थियो ।
सभामुख पूर्णबहादुर घर्ती मगरले ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नु भयो ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको संकल्पलाई बजेटले सम्बोधन गर्ने दाबीगर्नु भयो ।
उहाँले बजेटमा लुम्बिनीको विकासलाई केन्द्रमा राखेर योजनाहरू ल्याएकाले बजेटले लुम्बिनी प्रदेशको समृद्धिको ढोका खोल्ने बताउनु भयो ।
आगामी वर्षको बजेटलाई थप परिमार्जित र परिष्कृत बनाउन सबै जिम्मेवार हुनुपर्ने मुख्यमन्त्री केसीको भनाई छ । राजनीतिक मतभेद र विचार फरक भएपनि प्रतिपक्ष, सत्तापक्ष लुम्बिनीको विकासमा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
बजेटमा प्रदेश गौरवका आयोजना र शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा लगानीगर्ने उद्देश्य प्रदेश सरकारको रहेको उहांले बताउनु भयो । ८० सदस्यीय लुम्बिनी प्रदेशसभामा सत्तारुढ ४३ र विपक्षमा ३७ सांसद छन् ।

बिकास वजेटको आधा मात्र खर्च

लुम्बिनी प्रदेशमा अर्को आर्थिक वर्षको बजेट ल्याउने बेलासम्म पनि विकास बजेटको खर्च आधा पनि हुन सकेको छैन ।
चालू आर्थिक वर्षको पूँजीगत अर्थात विकास खर्च जेठ १५ गतेसम्म ४० प्रतिशत मात्रै भएको छ । यसअघि एमाले नेतृत्वको सरकारले अध्यादेश बाट ल्याएको बजेट विस्थापित गरेर भदौमा गठबन्धन सरकारले बजेट ल्याएको थियो ।
गठबन्धन सरकारका अर्थमन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक बर्ष ०७९÷८० को बजेटको तयारी गरिरहंदा चालू आर्थिक बर्षको खर्च अनुपात भने निराशाजनक देखिएको हो । पूँजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार कुल बजेट मध्ये जेठ १५ सम्म सरकारले ९ अर्ब १५ करोड ८६ लाख ४ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।
यस्तै जेठ १५ गतेसम्म चालूतर्फ १८ अर्ब ४८ करोड ८१ लाख ६ हजार कुल बजेट मध्ये ७ अर्ब ५६ करोड २७ लाख ३० हजार अर्थात ४१ प्रतिशत बजेट खर्च भएको छ । चालू र पूँजीगतगरि ४० अर्ब ९५ करोड ९७ लाख कुल बजेटमध्ये १६ अर्ब ५७ करोड ८५ लाख ९४ हजार अर्थात ४०.४८ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । यो बर्ष खर्च समेत कम र राजस्व समेत नउठेकाले सरकारले घाटाको बजेट नल्याउने बताएको छ । बजेट खर्च र राजश्व संकलन लक्ष्यअनुरुप नभएकाले सरकारले ३६ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ ।

≪ Previous Post

एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

Next Post ≫

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क