Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0
एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई
70
SHARES
ShareTweet

बुटवल, २९ जेठ । पाँचौ जिल्ला स्तरिय चित्रकला प्रतियोगिता रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । नेशलन निजी तथा आवासिय विद्यालय एशोसियशन (एन प्याब्सन) रुपन्देहीले आयोजना गरेको प्रतियोगिताको उपाधि न्यु लुम्विनी र सुनगाभा माविले जितेका छन् । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको जुनियर र कक्षा ६ देखि १० सम्मको सिनियर तर्फको प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा जुनियर तर्फ न्यू लुम्बिनी ई.बो.स्कुल देवदहका प्रिन्सिका पाइजा प्रथम, ग्यालेक्सी ई.बो.स्कुल र सैनामैनाका निश्चल घिमिरे द्वितिय, सगरमाथा सेकेण्डरी स्कुल सितलनगरका आस्ना खरेल तृतीय र सेन्ट जोसेफ ई.बो.स्कुल तिलोत्तमाका प्रिन्सिका गुरुङ्गले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । यस्तै सिनियर तर्फ सुनगाभा पब्लिक सेकेण्डरी स्कुल सैनामैनाका कृतिमा महत्रा क्षेत्री प्रथम, बुटवल ग्लोरी ई.बो.स्कुल बुटवलका प्रिन्स थापा द्वितिय, स्कलर्स होम ई.बो.स्कुल बुटवलका सबि गौतम तृतीय र न्यू लुम्बिनी ई.बो.स्कुल देवदहका नमुना डोबलले प्रोत्साहन पुरस्कार हात पारेका हुन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई क्रमशः नगद रु दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको एन प्याब्सनका सचिव बाबुराम बञ्जाडेले जानकारी दिनुभयो । प्रतियोगितामा स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड अप्लाइड साइन्स लुम्बिनी बौद्ध बिश्वबिद्यालयका डिन उकेश राज भोजु र नेपाल कमर्सियल आर्ट संघ रूपन्देहीका उपाध्यक्ष खेम बहादुर बिक ले निर्णायकको भूमिका निभाउनुभएको थियो ।
। नेशनल प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षता र नेशनल प्याब्सन केन्द्रिय सचिव कृष्णप्रसाद पौडेलको आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सचिव पौडेलले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताहरु सहयोगि सावित हुने भएकाले एन प्याब्सनले जिल्लादेखि केन्द्रीय स्तरसम्म यस्ता कार्यक्रम आयोजनालाई जोड दिएको बताउनुभयो । विद्यार्थीका सबै प्रकारका प्रतिभालाई उजागर गरि दक्ष जनशक्ति उत्पादनमा सहयोगि बन्दै आएका निजी विद्यालयलाई सरकारले विभेद गर्न नहुने सुझाव दिनुभयो । विगत दुई वर्ष कोभिड १९ को कारण नियमित यस्ता जिल्ला तहका कार्यक्रमहरु सम्पन्न हुन नसकेतापनि पछिल्लो समय सहज अवस्था भएसँगै यस्ता नियमित कार्यक्रमहरु बढाउनुपर्ने र विद्यार्थीहरुको क्षमतालाई पहिचान गरि राष्ट्रिय स्तरमा समेत विद्यार्थीहरुलाई चिनाउन र स्थापित गर्न नेशनल प्याब्सनले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय सदस्यहरु बालाकृष्ण तिवारी, देउप्रकाश राई, लुम्बिनी प्रदेश कमिटीका सहसचिव जे.बी.क्षेत्री लगायतले विजेता विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । जिल्ला उपाध्यक्ष विलप्रसाद गुरुङ्गंको स्वागत, कार्यक्रम संयोजक राजु गरुङ्गंको धन्यवाद ज्ञापन र सचिव बाबुराम बञ्जाडेको सञ्चालनमा भएको कार्यक्रममा जुनियर र सिनियर तर्फ गरि ४० जना प्रतियोगी विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला सहसचिव बिनोद थापा मगरले जानकारी गराउनुभयो ।

≪ Previous Post

स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै

Next Post ≫

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क