Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0
स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै
100
SHARES
ShareTweet

बुटवल, २९ जेठ । नेपालका ४० जिल्लामा आफ्नो सेवाविस्तार गरेको स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले बुटवलमा एक ईभेन्टको आयोजना गरेको छ ।
रिईमेजिनिङ एडुकेसन ः टेक्नोलोजी रोल ईन एड्रेसिङ च्यालेन्जेज नामक ईभेन्टको उद्धेश्य शिक्षा क्षेत्रका चुनौतीहरुलाई प्रविधिले सहज तुल्याउन सक्छ र वेद एपलाई सफल एपको उदाहरणको रुपमा प्रस्तुत गर्नु र यस क्षेत्रका विद्यालयलाई वेद एपमार्फत पूर्णत डिजिटलाईज र पेपरलेस बनाउने रहेको छ ।
रुपन्देही, कपिलवस्तु र नवलपरासीका करिव ३ सय निजी तथा सरकारी विद्यालयका प्रध्यानाध्यापक र अन्य शैक्षिक क्षेत्रसंग सम्वद्ध संघ, संगठनका व्यक्तित्वहरुको सहभागितामा जेठ २८ गते टाईगर प्यालेस रिसोर्ट भैरहवामा कार्यक्रम भएको हो ।
वेद एपको संस्थापक नेपाली युवा विद्यार्थी सुजित पाठक, निर्दोस द्वा र संजन पिया हुन् । सन २०१४ मा युवाको एक समूहले ईन्ग्रेल्स नामको कम्पनि दर्ता गरी काम शुरु गरेका थिए । छोटो समयमै ८ सय वढी विद्यालयमा वेद एपको सफल संचालन भईरहेको छ । उक्त कम्पनीमा हाल ७० वढी दक्ष जनशक्ति रहेका छन् ।
वेद एपले नेपाल बाहिर बु्रनई देशमा पनि आफ्नो सेवा विस्तार गरेको छ भने भारत तथा बंगलादेशमा विस्तारको क्रममा रहेको छ ।
कोभिड पश्चात शिक्षा क्षेत्रमा बढेको प्रविधिको माग र आवश्यकताले गर्दा वेद एपको प्रयोग पछिल्लो समय ह्वात्तै बढेको एपका एक संस्थापक सुजित पाठक बताउँछन् । बुटवलमा वेद एपले यहाँको स्थानीय सफ्टवेयर निर्माणकर्ता सिस्टमेटिक सफ्टवेयरसंगको सहकार्यमा बजार विस्तार गर्दैछ ।
सिस्टमेटिक सफ्टवेयर यस क्षेत्रमा वि सं. २०६३ सालमा स्थापना भई स्कुल, कलेज, सहकारी, व्यापार, व्यावसायको लागि माग बमोजिमको सफ्टवेयर निर्माण गर्दै आएको संस्था हो ।
वेद एपले सिस्टमेटिकसंग सहकार्य गरी यस क्षेत्रका आधादर्जन प्रतिष्ठित विद्यालयलाई २–३ वर्षदेखि सेवा दिदै आएको छ ।
यो एपको सुविधा लिने विद्यालयले प्रति विद्यार्थी १५० रुपैयाका हिसावले वार्षिक रुपमा शुल्क तिर्नु पर्ने हुन्छ ।

≪ Previous Post

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व

Next Post ≫

एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क