Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७९ · 0
महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन
150
SHARES
ShareTweet

जाल्पा सामुदायीक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवलमा
बुटवल, २८ जेठ । २०६० सालमा स्थापना भएको सृजना विकास केन्द्र पोखरा काश्की र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ नामका दुई संस्था २०७५ सालमा नेपाल राष्ट्रबैंक बाट लघुवित्तीय कारोवारको अनुमतिपाएका संस्था हुन् । यी दुई संस्था बीच २०७७ साल मंसिर १६ गते मर्जर भै बनेको जाल्पा सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले बुटवलमा शनिबार केन्द्रिय कार्यालय शुभारम्भ गरेको छ । कार्यालयको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुभारम्भ गर्नु भएको हो ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले आर्थिक समृद्धि र विपन्नतालाई उत्पादनमा जोड्ने यस्ता वित्तिय संस्थाहरुले महिला र अति बिपन्न वर्गका समुदायको आयआर्जनमा टेवा पुराउने विश्वास ब्यक्त गर्नुभयो । विनाधितो समुहमा लगानी गर्ने विषय चुनौती पूर्ण रहंदा रहंदै पनि चुस्तदुरुस्त व्यवस्थापकीय क्षमता र संस्थाको विश्वासिलो पनाले यस्ता संस्थाहरुको महत्व समाजमा बढ्दै गएको उहाँले औल्याउनु भयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नगरमा रहेका १ लाख बेरोजगार महिलालाई आय र उत्पादनमा जोड्ने गरी गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गरी उनीहरुलाई आय र उत्पादनमा जोड्ने कार्यक्रमलाई सार्थक्ता दिन बित्तीय संस्थाहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भयो । महिलाहरुलाई आय र उत्पादन संग जोडेर आवश्यक सिप सिकाउने र उनीहरुले उत्पादन गरेको बस्तु कोशेली घर निर्माण गरेर सोही घरमा संकलन गरी बुटवलको चिनोको रुपमा बजारी करण गर्ने सोंच नगरपालिकाको रहेको भन्दै यसका लागि आवश्यक पर्ने आर्थिक ब्यवस्थापनका लागि बैंक तथा लघुवित्त संस्थाहरुको भूमिका महत्वपुर्ण रहने प्रमुख पाण्डेले बताउनु भयो । कार्यक्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत विमला योगीले परिवारमा आर्थिक सहयोग नपाएका, धितो नभएकाले वित्तिय पहुंचनहुंदा ऋण लिन नसक्ने महिला तथा पछाडी परेका सिमान्तकृत समुदायको आर्थिक उपार्जनमा संस्थाले सहयोग गर्ने बताउनु भयो ।
महिलाहरुलाई वित्तीय सांक्षरताको माध्यमवाट व्यबसायिक सीप प्रदान गर्दै सामाजिक रुपमा सचेत, संगठित र उनीहरुलाई सशक्त वनाउदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने धेयका साथ संस्था अगाडी बढेको प्रमुख कार्यकारी अधिकृत योगीले औल्याउनु भयो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बिरबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल, सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्र प्रसाद पौडेल, पे्रम बहादुर पाठक लगायतले समाज र महिलालाई आर्थिक रुपमा सवल बनाउने लक्ष्य लिएका लघुवित्तहरुले गरेको लगानीमा समूहनै जिम्मेवार हुनुपर्नेमा जोड दिनु भएको थियो ।
यस संस्थाले मुलुकका २८ जिल्लामा ९६ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको कम्पनी सचिव अशोक कुमार आचार्यले जानकारी गराउनु भयो ।

≪ Previous Post

बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

Next Post ≫

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क