Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0
बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता
110
SHARES
ShareTweet

भैरहवा, २७ जेठ । रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिले किशोरी तथा महिला, बालबालिका, अल्पसंख्यक, मानवअधिकार, बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने हरेक विषयलाई आफूहरुले प्राथमिकतामा राखेर काम पर्ने जनाएका हुन् ।
शुक्रबार किशोरी अधिकार मंच, रुपन्देहीको आयोजना, केयर र ओरेकको सहयोग एवं महिला तथा बालअधिकार जिल्ला संजाल, रुपन्देही र महिला मानव अधिकार जिल्ला संजाल, रुपन्देहीको सहकार्यमा भैरहवामा आयोजित किशोरी तथा महिलाहरुका सवाल सम्बोधनका लागि जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिले नीति, नियम निर्माण तहबाट आफूहरुले गर्नुुपर्ने समष्टिगत क्षेत्रका कार्य र योजनालाई विशेष पहलकदमी गरेर काम गर्ने बताएका हुन् ।
शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद बश्यालले समाजमा अझै महिला हिंसाका घटनाले जरो गाडेर रहेको जनाउँदै यसलाई निरुपण गर्न पालिका प्रतिबद्धत रहेको जनाए । उनले खासगरी भोलिका कर्णधार मानिने किशोर–किशोरी र युवायुवतीका अधिकार, उनीहरुको बृद्धिविकास र क्षमता अभिबृद्धिका लागि पालिका सधैभर तत्पर रहेर काम गर्ने जनाए । उनले पूर्वाधार विकाससँगै मानवीय विकास, सचेतना र अभिबृद्धिका कार्यक्रमलाई सबैसँग सल्लाह गरेर पालिकाले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले महिला अधिकार, हिंसा तथा अल्पसंख्यकको क्षेत्रमा पहिला घरपरिवार र त्यसपछि समाजबाटै अभियान थाल्नु पर्ने बताए । उनले भने, ‘हाम्रो समाजमा हिंसा र उत्पीडनका घटनाहरु झांगिएका छन्, यी कुराहरुलाई जरैबाट निर्मूल पार्न पालिकाले हरेक क्षेत्रका नागरिकसँग हातेमालो गरेर काम गर्छ ।’
तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले समाजमा महिला र किशोरीलाई हेर्ने दृष्टिकोण परिवर्तन जरुरी रहेको बताइन् । उनले यसअघि तिलोत्तमाले बालमैत्री नगर, महिलाअधिकार, हिंसा र पुनर्उत्थानका क्षेत्रमा उल्लेख्य काम गरेको जनाउँदै आगामी दिनमा सामाजिक संघसंस्थासँग सहकार्य गरेर थप कार्यक्रमहरु गर्ने जनाइन् । उनले कानून निर्माण र त्यसको कार्यान्वयनमा आफूहरु लाग्ने जनाउँदै हरेक समस्या समाधानमा पालिका प्रतिबद्ध रहेको बताइन् ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजन, सियारी उपाध्यक्ष तारा थारु, शुद्धोधन उपाध्यक्ष शान्तादेवी ज्ञवाली, रोहिणी उपाध्यक्ष शिवकान्ती चमार र सम्मरीमाई गाउँपालिका उपाध्यक्ष प्रियंका सिंह शाहीले कतिपय बालबालिका र किशोरीहरु अझै पनि शिक्षाको पहुँचमा नरहेको, घरेलु, सामाजिक हिंसा, बलात्कार, छुवाछुत जस्ता समस्या धेरै ठाउँमा रहेको जनाउँदै यी कानूले बर्जित विषयलाई समाधान गर्न पहल गर्ने जनाए । नेतृत्वमा रहेकाले अधिकार क्षेत्रमा पर्ने सवालहरुलाई कानूनी, नितिगत, बजेट व्यवस्थापन, सचेतना लगायतका कार्यक्रम गरेर निरुत्साहित तथा निर्मूल पार्न आफूहरु लागिपर्ने उनीहरुले प्रतिबद्धता जाहेर गरेका छन् ।
अन्तरक्रियामा एबीसी नेपालका क्षेत्रीय प्रबन्धक मनोज लामिछानेले धेरै दिदीबहिनीले श्रमको मूल्य नपाएको, किशोरीहरुले नागरिकता नपाउँदा धेरै अधिकारबाट बञ्चित भएको, तराईमा भाषाको समस्या भएको बताए । यी समस्या समाधान गर्न जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने बताउँदै लामिछानेले किशोरी अधिकारका क्षेत्रमा लगानी बढाउनुपर्ने, बनेका नीति, नियम र कानूनको कडाईसाथ लागू गर्नुुपर्ने र किशोरीलाई नेतृत्व तहमा ल्याउन पहल गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा किशोरी अधिकार मंचकी कोषाध्यक्ष शालिनी मिश्रले संस्थाको स्थापना, अधिकारका क्षेत्रमा गरेका काम, स्थानीय पालिकाबाट राखिएको अपेक्षाकाबारे प्रस्तुतीकरण गरेकी थिइन् । यस्तै, महिला तथा बालअधिकार जिल्ला संजाल, रुपन्देहीका सचिव अधिवक्ता सुनिल त्रिपाठीले संजालले गरेका काम, उपलब्धी र संस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए भने ओरेककी मानव अधिकार तथा सामाजिक न्याय अभियान संयोजक सुनिता मैनालीले ओरेकले महिला, किशोरी र समाजिक क्षेत्रमा गरेका कामबारे प्रस्तुतीकरण मार्फत जानकारी दिएकी थिइन् । प्रस्तुतीकरण गर्दै उनीहरुले स्थानीय तहले महिला हिंसा, किशोरीहरुको बृद्धिविकास, अधिकार, सचेतना, कानून तथा नीति नियमका क्षेत्रमा काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
किशोरी मंचकी कोषाध्यक्ष शालिनी मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बश्यालको रहेको थियो । कार्यक्रम महिला तथा बालअधिकार जिल्ला संजाल, रुपन्देही अध्यक्ष समिता मल्लको स्वागत र पत्रकार कल्पना तिवारीको संचलनमा भएको थियो ।

≪ Previous Post

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

Next Post ≫

महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क