Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध
50
SHARES
ShareTweet

चितवन,२७ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डमा पर्ने चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो ।
बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशिलसिंह राठौरका अनुसार शुक्रबार बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
पहिरोका कारण बिहीबार पनि सवारी साधन बीचबाटोमै रोकिएका थिए । सडकमा खसेको पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुराउने काम भइरहेका बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।
पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज रुपमा यातायात संचालन हुन समय लाग्ने राठौरले बताए ।
सडकमा सवारी साधनको लामो लाइन लागेको छ । जाम भएका सवारी साधनको लाइन चितवनको रामनगरसम्म छ ।
यस्तै तनहुँको आँबुखैरेनी नजिकै सडक भासिएपछि पोखरा लगायतका ठाउँमा जाने सवारी साधनलाई पनि भरतपुरकै इलाकामा रोक्ने काम गरिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका

Next Post ≫

बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क