Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0
लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना
70
SHARES
ShareTweet

तिलोत्तमा, २७ जेठ । लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतिमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृति अक्षयकोष स्थापना गरेको हो ।
समाजका सम्पूर्ण सदस्यले संकलन गरेको रकम र शर्माको परिवारले उपलव्ध गराएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । बिहीबार विद्यालयमा आयोजित एक समारोहका बीच समाजकी उपाध्यक्ष लता प्रधान र स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले विद्यालयका प्रधानाध्यापक महेशकुमार थैवलाई रकम हस्तान्तरण गरेका हुन ।
त्यस अवसरमा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्न सुझाव दिए । भौतिक पूर्वाधारले मात्र शैक्षिक विकास नहुने भन्दै उनले गुणस्तरीय शिक्षाका लागि लगानी बढाउनुपर्ने बताए । उनले अक्षयकोष स्थापना भएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।
रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुने विश्वास व्यक्त गर्दै यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने बताए ।
समाजकी उपाध्यक्ष लता प्रधानले विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको भन्दै समाजले मानवीय कामका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको बताइन् । स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले यो अक्षयकोषले केही हद सम्म राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्य र सहयोगमा निरन्तर लागिरहने बताइन् ।
कार्यक्रममा समाजका सल्लाहकार दिपक प्रधानले समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले पठाएको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा रुपन्देहीका पुर्व सहायक जिल्ला शिक्षा अधिकारी मोतीराज पौडेल, विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, शिक्षक शिवलाल क्षेत्री लगायतले विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालय छनौट गरी अक्षयकोष स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक थैवले यो कार्यले अति विपन्न विद्यार्थीलाई विद्यालय सम्म ल्याउन उत्साह दिने बताउँदै रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

≪ Previous Post

नेपालमा राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भयो : कमल थापा

Next Post ≫

सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क