Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0
बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने
120
SHARES
ShareTweet

बुटवल, १४ जेठ । रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ मा कर्साघाटमा कृषि उपज थोक बजार निर्माणको लागि बजेट बिनियोजन गरेपनि जग्गा प्राप्ति हुन नसक्दा निर्माण कार्य सुरु भएको थिएन ।
कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वदेशी तथा विदेशी बजारमा विक्री वितरण गर्ने उद्देश्य सहित नेदरल्याण्ड सरकारको अनुदानमा निर्माण हुने कृषि उपज थोक बजारका लागि बुटवलको वडा नं. १५ र १६ को कर्साघाटमा जग्गाको ब्यवस्थापन गरिने भएको हो । यसका लागि उपमहानगरपालिकाका मेयर खेलजराज पाण्डेयले स्थानीयहरुको समन्वयमा जग्गा ब्यवस्थापन गर्नको लागि वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।
शनिबार उपमहानगरपालिकाको कार्यालयमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रले आयोजना गरेको परियोजनाको वर्तमान अवस्था र भावी कार्यक्रम सम्बन्धि बैठकमा बोल्दै मेयर पाण्डेयले यो परियोजना सफल पार्नको लागि सबै राजनीतिक दल र जनप्रतिनिधिहरुको साथमा अघि बढ्ने बताउनु भयो । परियोजना सफल बनाउनको लागि आफै फोकल पर्सन बस्ने र परियोजना सफल बनाएर छाड्ने प्रतिवद्धता जनाउनु भयो । मेयर पाण्डेयले परियोजना सफल बने लुम्बिनी प्रदेशकै कृषक र उपभोक्ताले लाभ लिन सक्ने बताउनु भयो ।
कार्यक्रममा उपमेयर सावित्रादेबी अर्यालले परियोजना सफल बनाउनको लागि राजनीतिक दल र स्थानीयहरुसँग समन्वय गरेर जग्गा प्राप्ती गर्नुपर्ने बताउनु भयो ।
नेपाल सरकारले नेदरल्याण्ड सरकारलाई आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोश्रो चरणको सम्भाब्यता अध्ययनको लागि अनुदान सम्झौंता भएको थियो ।
अहिले सम्भाब्यता अध्ययन कार्य सकिएर गुरुयोजना समेत तयार भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत बजार निर्माण कार्य सुरु गर्ने भने पनि जग्गा प्राप्ति नहुँदा निर्माण कार्य रोकिएको छ । पुस महिनासम्म जग्गा प्राप्ति नभए नेदरल्याण्ड सरकारले दिने अनुदान रोकिने छ ।
कृषि उपज बजार निर्माणको लागि २ अर्ब २ करोड ४४ लाख बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ । परियोजना निर्माणको लागि प्रस्ताव गरिएको कर्साघाट ठुलो क्षेत्र, बाढीको प्रकोप कम, सडकको पहुँच र जमिनको सतह र आकार मिलेकाले उपयुक्त मानिएको छ ।

≪ Previous Post

निगमका निर्देशक थानी र तिलोत्तमाका मेयर खाँणद्वारा निगमको भलवारी डिपोमा आगलागीबाट भएको क्षतीको निरीक्षण

Next Post ≫

सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष पाठकको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क