तिलोत्तमा, १४ जेठ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी र तिलोत्तमाका मेयर रामकृष्ण खाणले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्याँकरमा भएको आगलागीले पु¥याएको क्षतिको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्याँकरमा भएको आगलागीले क्षति पु¥याएपछि यसबारे निगमका तर्फबाट प्रबन्ध निर्देशक थानी र नगर प्रमुख खाँणले निरीक्षण अवलोकन गर्नुभएको हो ।
भलबारी स्थित नेपाल आयल निगमको डिपो अगाडी राखिएका दुई वटा ट्याँकरमा शुक्रबार आगलागी भएको थियो । प्रबन्ध निर्देशक थानी र प्रमुख खाँणले आगामी दिनमा यस्तो प्रकारका आगलागीका घटना हुन नदिन अत्यावश्यकीय सामाग्रीको थप व्यवस्था गर्ने बताउनुभएको छ ।
शुक्रबार बिहान डिपोमा ट्याँकरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।