Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0
तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण
130
SHARES
ShareTweet

तिलोत्तमा, १३ जेठ । रुपन्देहीको तिलोत्तामा नगरपालिकाका १७ वटै वडाका नवनिर्वाचित वडाअध्यक्षहरुले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
तिलोत्तमा नगरपालिकामा आयोजित विशेष समारोहमा नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले उप प्रमुख जागेश्वर देवी चौधरी सहित १७ वटै वडाका वडाअध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि वडाअध्यक्षहरुले आआफ्नो वडामा गएर पदभार ग्रहण गरेका हुन् ।
यस्तै तिलोत्तमा ३ का नवनिर्वाचित वडाअध्यक्ष कल्याण पौडेलले पनि पदभार ग्रहण गरेका छन् । नगरपालिकामा पद तथा गोपनियताको सपथ लिएसंगै वडा कार्यालयमा आयोजित एक कार्यक्रमका विच वडाअध्यक्ष पौडेलले पदभार ग्रहण गरेका हुन् । यस्तै वडा सदस्य चुडाकुमारी विष्ट, खुला सदस्य नारायण क्षेत्री, विष्णु बहादुर थापा र दलित महिला सदस्य लक्षमी घिलेले पनि पदभार ग्रहण गरेका छन् ।
सो अवसरमा नवनिर्वाचित वडाध्यक्ष पौडेलले जनताको मतको कदर गर्दै सबैको साथ, सहयोग र सल्लाहबाट वडाको समग्र बिकासमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रमा निवर्तमान वडाअध्यक्ष टंक तिवारी, वडा सचिव गोकुल गिरी, वडाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


यसैगरी तिलोत्तमा ५ का नवनिर्वाचित वडाअध्यक्ष रमेश डुम्रेले पनि पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा आयोजित विशेष कार्यक्रमका विच वडाअध्यक्ष डुम्रेले पदभार ग्रहण गरेका हुन् ।
डुम्रेसंगै महिला सदस्य धर्मादेवि न्यौपाने, दलित महिला सदस्य प्रमिला सुनार, खुला सदस्य हरि पन्थ र हिरा गिरिले समेत पदभार ग्रहण गरेका छन् ।
पदभार लिएसंगै वडाअध्यक्ष डुम्रेले अब वडा भित्रका सम्पूर्ण व्यक्तिगत घटना दर्ताका लागि वडावासी वडा कार्यालय धाउन नपरोस् भनी नागरिकको घरदैलोबाट नै उक्त सुबिधा दिने प्रतिवद्धता जनाए । त्यसैगरि डुम्रेले चुनावका बेला जनता तथा वडावासी मतदाता समक्षा बाचा गरिएका र प्रतिबद्धता पत्रमा समावेश गरिएका विषयहरुलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने दाबी गरे । वडा कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वडा सचिव टिकाराम अर्याल लगायतका कर्मचारीले स्वागत गरेका थिए ।


यसैक्रममा वडा नम्बर ६ का नवनिर्वाचित वडाध्यक्ष गणेश पाठकले पदभार ग्रहण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच नवनिर्वाचित वडाध्यक्ष पाठकले पदभार ग्रहण गरेका हुन् । वडा सदस्यहरु सिता खनाल गौतम, दलित महिला सदस्य गीता गन्धर्व, खुला सदस्य गोविन्द रिजाल र पूर्ण प्रसाद आचार्यले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै वडाअध्यक्ष पाठकले जनताले दिएको मतको कदर गर्दै र निर्वाचनका बेला जनता तथा वडावासी मतदाता समक्ष बाचा गरेका प्रतिवद्धता पुरा गर्दै समग्र वडाको विकासको लागि आफूहरु लाग्ने प्रतिवद्धता जनाए ।

≪ Previous Post

बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य

Next Post ≫

तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क