Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0
तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण
80
SHARES
ShareTweet

विद्यार्थीहरुको दिवा खाजामा नगरपालिकाले १० रुपैयाँ थप गर्ने पहिलो निर्णय
तिलोत्तमा, १३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण संगै पदभार ग्रहण गरेका छन् ।
यसअघि नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले रुपन्देहीको भैरहवा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतवाट सपथ ग्रहण गरे लगत्तै नगरप्रमुख खाँणले शुक्रबार बिहान तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा उपप्रमुख जागेश्वर देवी चौधरी लगायत १७ वडाका वडाअध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
नगरपालिकामा पदभार ग्रहण गर्दै नगर प्रमुख खाँणले तिलोत्तमा नगर भित्रका सामुदायिक विद्यालयमा १ देखि ५ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई सरकारले दिदै आएको १५ रुपैयाँ दिवा खाजामा नगरपालिकाको तर्फबाट १० रुपैयाँ थप गर्ने पहिलो निर्णय सदर गरेका छन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख खाँणले सबैको सहमति, सहकार्य र समन्वयमा अबको नेतृत्व अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे । अघिल्लो नेतृत्वले गरेका असल कार्यहरुको अबलम्बन गर्दै थप नयाँ कार्यको थालनी गरिने समेत प्रमुख खाँणले बताए ।
नगरपालिका परिसरमा ५ वटा बृक्षरोपण गर्दै शुरु गरिएको सपथ ग्रहण कार्यक्रममा निबर्तमान नगरप्रमुख बासुदेव घिमिरे, निर्बाचन अधिकृत माधव लोहनी, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, नेकपा माओंबादी केन्द्रका बेलप्रसाद शर्मा, शान्ति नमुना माविका कुलप्रसाद लामिछाने, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

≪ Previous Post

तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण

Next Post ≫

८३४ जनाको कैद सजाय माफी मिनाहा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क