Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0
बौद्ध विश्वविद्यालय र गौतमबुद्ध विमानस्थलबीच सहकार्य
60
SHARES
ShareTweet

विश्वविद्यालयका विद्यार्थीले बिमानस्थलमा प्रयोगात्मक अभ्यास गर्ने
लुम्बिनी, १३ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालय र भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ । २०७९ जेठ १२ गते विश्वविद्यालयको सभाहलमा आयोजित एक समारोहकाबीच दुई संस्थाबीच सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद धितालले हस्तारक्षर गर्नुभयो । यो सम्झौतापछि बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी कलेज बुटवलमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषयमा अध्ययनरत विद्यार्थीहरु इन्टर्नसीपका लागि गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा जानेछन् । चालु शैक्षिक सत्रमै १३ जना विद्यार्थी अन्तर्राष्ट्रिय बिमानस्थलमा सिकाई अभ्यासमा खटिनेछन् ।
दीगो पर्यटन विकासका लागि नागरिक उड्डन तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने संयुक्त उद्देश्य सहकार्यको रहेको छ । लुम्बिनी प्रदेशभित्रका पर्यटकीय क्षेत्र तथा बौद्ध स्मारकहरुको प्रवद्र्धन गर्ने, नागरिक उड््डयन तथा पर्यटन उद्योग क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।
सम्झौतापछि दुबै संस्थाहरुबीच इन्टर्नसीप, स्वयम्सेवक परिचालन, संयुक्त सभा गोष्ठीहरु, अनुभव आदानप्रदान तथा पर्यटन एवं बौद्ध दर्शनसम्बन्धी विभिन्न समारोह हुनेछन् । विश्वविद्यालयले बिटिटिएमका विद्यार्थीहरुलाई इन्टर्नसीप र भोट बुद्धिजम र ग्रामिण विकासका विद्यार्थीहरुलाई स्वयमसेवकको रुपमा विमानस्थलमा पठाउनेछ । गौतमबुद्ध विमानस्थलले नियमानुसार विद्यार्थीलाई इन्टर्नसीपमा सहभागी गराउनेछ । यो सहकार्य सम्झौता चार वर्षसम्म कायम रहनेछ ।
सम्झौता पत्रमा साक्षीको रुपमा विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख निरबहादुर गुरुङ, सिटी कलेज बुटवलका संयोजक बलबहादुर पाण्डे तथा गौतमबुद्ध बिमानस्थल व्यवस्थापन विभाग प्रमुख हेमप्रसाद दाहाल र टर्मिन ड्युटी अफिसका प्रमुख सुर्यबहादुर खत्रीले हस्ताक्षर गर्नुभएको छ ।
सो कार्यक्रममा बोल्दै बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालय र बिमानस्थलबीचको सम्झौताले बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभयो । विद्यार्थीहरुले बौद्ध क्षेत्रको जानकारी दिन सक्ने तथा पर्यटकका लागि सहजीकरण समेत गर्न सक्ने भएकाले यो सम्झौताले दुबै पक्षलाई लाभ हुने उहाँले बताउनुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध मुलुकका पर्यटक विमानस्थलमा आउदा बौद्ध विश्वविद्यालयका विद्यार्थीले स्वयमसेवकका रुपमा सहयोग गर्ने वातावरणले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । ट्राभल एण्ड टुरिजम पढिरहेका विद्यार्थीहरुले बौद्ध स्थलको जानकारी दिन सक्ने भएकाले पर्यटकहरुले सहज रुपमा लुम्बिनी क्षेत्रमा घुमफिर गर्न सक्ने उहाँले बताउनुभयो । विश्वविद्यालयले बिमानस्थल तथा पर्यटन उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्नकै लागि चार वर्षअघि पठनपाठन शुरु गरेको भन्दै यसले मुलुकको पर्यटकीय क्षेत्रको विकास गर्ने योजनालाई सहयोग गर्ने बताउनुभयो ।
बिमानस्थलका महाप्रवबन्धक गोविन्द प्रसाद दाहालले बौद्ध विश्वविद्यालयसंगको सहकार्यले लुम्बिनीमा बौद्ध देशहरुका पर्यटक आवागमनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । बिमानस्थलमा हाल एउटा अन्र्तराष्ट्रिय उडान भए पनि दशैसम्म १० वटासम्म पुग्ने भन्दै उहाँले उडान थपिदै जाँदा विश्वविद्यालयका जनशक्तिलाई उपयोग गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, केन्द्रीय क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल लगायत शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

बुटवलको अलपत्र सडक नगर प्रमुख पाण्डेको चासोपछि मर्मत तथा कालोपत्रे गर्न शुरु

Next Post ≫

तिलोत्तमा ३, ५ र ६ का वडाध्यक्ष पौडेल, डुम्रे र पाठकद्वारा पदभार ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क